हावा फुस्काउदै प्रहरी

प्रकाशित मिति: २८ असार २०७६, शनिबार १५:०८

दिर्घराज ओझा
डोकेबजार ,पुनर्बास असार २८

पश्चिम नेपालको कञ्चनपुरको पुनर्वास स्थित ब्यापारिक प्रमुख नाका डोकेबजारमा जताभावी पार्क गरिएका अटो रिक्साका कारण ट्राफिक ब्यबस्थापनमा कठिनाइ देखिए पछि आज बिहानदेखि प्रहरीले हावा फुस्काउने अभियान सुरु गरेको छ ।

डोकेबजारमा अव्यवस्थित पार्किङ गरिएका अटो रिक्साको हावा फुस्काउदै प्रहरी ! तस्बिर दिर्घ ओझा

नेपाल-भारतको सीमा नाका समेत रहेको डोकेबजार क्षेत्रमा बढ्दै गरेको ट्राफिक जामका कारण दुर्घटना समेत हुँदै आएको डोकेबजारमा ट्राफिक प्रहरीले प्रभावकारी कार्य गर्न नसक्दा आलोचित बन्दै गए पछि प्रहरीले जताभावी पार्किङ गरिएका अटोरिक्साको हावा फुस्काउन सुरु गरेको हो ।
कैलाली-कञ्चनपुर र भारतीय सीमा नाकाको प्रवेशद्वारका रुपमा रहेको पुनर्वासको डोकेबजारको सडकमा अटोरिक्सा चालकहरुको मनोमानी बढेका कारण सर्वसाधारणले सास्ती ब्यहोर्दै आएका थिए ।

नेपाल-भारत सिमा नाका समेत रहेको डोकेबजार बाट पुनर्वास-बेलौरी-धनगढी रुटमा चल्ने सयौं अटोरिक्साहरुले मुल सडकलाई नै पार्किङ स्थल बनाउन थाले पछि यात्रीहरुले ट्राफिक जामको समस्या झेल्दै आएका थिए ।

पुनर्वास देखि धनगढी र भारतीय नाका गौरीफन्टाको प्रवेश केन्द्रका रुपमा रहेको डोकेबजारमा बढेको अब्यबस्थित पार्किङ का कारण दैनिक सैयौं सर्वसाधारणले सास्ती भोग्दै आएका थिए ।

जताभावी हुँदै आएको पार्किङमा नियन्त्रण गरि सुरक्षित आवागमनमा सहजता ल्याउन हावा फुस्काउने अभियान सुरु गरिएको हो ट्राफिक प्रहरी जवान कृष्ण भट्ट ले बताए ।


२८ असार २०७६, शनिबार १५:०८ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....