आक्रमणका संदिग्ध योजनाकार पक्राउ

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार ०६:०६

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ ।

अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले हालैमात्र धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । गतसाता लस एन्जलसको लङ बिचमा अतिवादी गोरा समुदायको र्यालीमा आक्रमण गर्ने योजना बनाएको मार्कमाथि आरोप छ ।

अमेरिकी न्यायाधीवक्ता निक हन्नाले मार्कले ठूलै मानवीय क्षति गर्नेगरी योजना बनाएको पुष्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा सतर्कताका कारण समयमै उक्त हत्याकाण्ड रोकिएको छ ।”

डोमिङ्गोलाई गत शुक्रबार बम सहित गिरफ्तार गरिएको थियो ।

अदालती दस्ताबेज अनुसार डोमिङ्गोले अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) का एजेन्टसँग आफूले मुस्लिम समुदायमाथि भएका आक्रमणको बदला लिन चाहेको बताएका थिए ।

डोमिङ्गोले यहूदी, गिर्जाघर र प्रहरी अधिकारी समेतका धेरै ठाउँलाई लक्षित गरी आक्रमणका विकल्प बारेमा सोचेको र अन्त्यमा लङ बिच र्यालीमा आक्रमण गर्ने योजना बनाएको अधिकारीहरुले दाबी गरेका छन् ।

उनले आफ्ना अनलाइन पोष्टमा अमेरिकाले विश्वभर हिंसा फैल्याउन भूमिका खेलेको भन्दै त्यस्ता कार्य रोक्न अमेरिकी स्वार्थ जोडिएका क्षेत्रमा आक्रमण गर्नुको विकल्प नरहेको लेखेका छन् । रासस-एएफपी


१७ बैशाख २०७६, मंगलवार ०६:०६ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....