विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार ०८:१७

दीपेन्द्र बस्नेत
महेन्द्रनगर , साउन १
लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि खोलिएको छ ।
लोक सेवा आयोगले विभिन्न पदमा आव्हान गरेको बिज्ञापनमा  दरखास्त आवेदन भर्ने नाममा विद्यार्थीलाई ठगेको भन्दै बुधवार बिहान कञ्चनपुरका  विद्यार्थी सङ्गठनले महेन्द्रनगरको गल्ती नगर १ स्थित विपिन बुक्स एण्ड स्टेशनर्स बन्द गराएका थिए ।
लोकसेवा आयोगले आव्हान गरेको विभिन्न तहको बिज्ञापनमा आवेदन भरेका थुप्रै आवेदकहरुले प्रवेशपत्र लिन बाँकी रहेको र उक्त प्रवेश पत्र रोकिदा थप समस्या पर्ने भएकाले सहमती गरि स्टेशनरी खोलिएको हो  । पिडित आवेदनकर्ता लाई क्षेतिपुर्ती दिने सहमती बनेपछि स्टेशनरी खोलिएको महेन्द्रनगरका पत्रकार मनोज भट्टले बताए ।

नेवि सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरूले आवेदन कर्ता विद्यार्थीलाई ठगेको भन्दै पसलै बन्द गराएर ठगी गर्नेमाथि कारबाहीको माग राखेका छन् ।

विपिन बुक्सका सञ्चालकले अधिकांश विद्यार्थीबाट दोब्बर दस्तुर लिएर पनि फारम नभरेको, भरेपनि प्रमाण पत्र परिर्वतन गराइ विद्यार्थी ठग्दै गएपछि पसलै बन्द गराएको नेवि सङ्घका केन्द्रीय सहमहामन्त्री अच्युत कलौनीले बताए । विद्यार्थी नेताहरूले पसलका सञ्चालकका भाइ बताउने खेमराज पौडेल र राजु ढकाललाई प्रहरीको जिम्मा लगाएका छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका दुवै जनाले कुनै पनि विद्यार्थी नठगेको बताएका छन् । विपिन पुस्तकका सञ्चालकका भाइ बताउने राजु ढकालले कुनै पनि विद्यार्थीलाई नठगेको र हजारौँको काम गर्दा मानवीय त्रृटि हुनसक्ने बताए ।

विपिनबाट महिला विकास सहायक र नासुको फारम भरेकी तुलसी कुमारी बोहराले बैङ्कमा रकम दाखिला नै नगरेको बताइन् । दुवै पदमा फारम भर्नका लागि सञ्चालकलाई दोब्बर रकम बुझाएपनि बैङ्कमा रकम जम्मा नगरिदिँदा समस्यामा परेको उनले गुनासो गरिन् ।

विपिनबाटै प्राविधिक सहायक पदमा फारम भरेका प्रेम बहादुर रानाले पनि बैङ्क भौचर नदिएको बताए । ‘मैले दोब्बर दस्तुरमा फारम भरे, ‘उनले भने, ‘तै पनि मैले भौचर पाएन् मेरो पनि फारम भरेको छ, वा छैन ।’ कञ्चनपुर प्रहरीले विद्यार्थीलाई ठगे नठगेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


१ श्रावण २०७६, बुधबार ०८:१७ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....