विश्व

बार्सिलोनामा सड़क दुर्घटनाबाट स्याङ्जाका पुजन कोईरालाको निधन ।
भोला लामिछाने स्पेनको बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीसगको ठक्करमा साईकल चलाईरहेका पुजन कोईरालाको दुखद निधन भएको छ । आईतबार राती ११ बजेर ३० मिनेटमा ग्रान भिया र बाल्मेस को कर्नरमा स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २२ का..

आक्रमणका संदिग्ध योजनाकार पक्राउ
लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ । अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले..

बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी
लन्डन, बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त..

चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु
बेइजिङ,चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ..

शहरी सेवा सुधारका लागि विश्व बैंकले १० करोड डलर दिने
ढाका, बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ । ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष..

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो
नयाँ दिल्ली, भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो..

सुख्खा मौसमका कारण ५० हजार प्रभावित
कोलम्बो, श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् । देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन देखि सुख्खा मौसम रहेको छ । सवै भन्दा धेरै भाभुनिया र जफ्नाको उत्तरी भाग, पुट्टालाम, केगाल्ले, माटालेलगायतका ठाँउ..

श्रीलङ्काका क्याप्टेनद्वारा क्षमायाचना
कोलम्बो, श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गर्नुभएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उहाँलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो । उहाँको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते..

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन
–अशोक घिमिरे नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया..

नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार
ओस्लो, नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट..