चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार ०४:५८

बेइजिङ,चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ ।

चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् ।

मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ ।

अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो ।
घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेका छन् ।

शवहरुको पहिचान गरी उनीहरुका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस-सिन्ह्वा


१ बैशाख २०७६, आईतवार ०४:५८ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....