घरघरमा ज्याला बाँडदै जनप्रतिनिधि
दिर्घराज ओझा
पुनर्वास , असार ३१
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत सामुदायिक वन छेउ को नाला तथा डोके बजारको फोहोर सरसफाई गरिए लगत्तै वडा का प्रतिनिधिहरु घर घरमा पुगेर ज्याला बितरण सुरु गरेका छन् ।
पुनर्वास नगरपालिका ११ का वडा सदस्य पदम धामी र नेपाली काङ्ग्रेस का कृयासिल सदस्य धन सिंह ठकुरी ज्याला बितरण गर्न लागेका छन ।
शुक्रबार बाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कञ्चनपुरको साबिक वाईसे विचुवा गाविस वार्ड नं. ८ र ९ मा टोल को नाला सफाई तथा बाटो मर्मत गर्ने काम शुरू गरिएको थियो । शुक्रबार देखि शुरू भएकाे कार्यक्रममा जम्मा ४६६ जना स्थानियकाे सहभागीता रहेकाे थियो । पुनर्वास नगरपालिका ११ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको दुइ लाख पैंतालीस हजार चार सय बाइस रुपैया छुट्टीएको थियो वडा नम्बर ११ का वडासदस्य पदम धामिले बताए। र स्थानियकाे सहभागीता मुलक कार्यक्रममा हरेक कामदारलाई प्रतिदिन रू. ५१७ रूपैया दिईने पुनर्वास नगरपालिका ११ नम्बर वडाका अध्यक्ष तुलसी प्रसाद अर्यालले बताए ।
३१ असार २०७६, मंगलवार १३:३१ मा प्रकाशित