लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्ययन गृहमा सामग्री हस्तान्तरण

प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार १५:०६

देवानन्द न्यौपाने
लम्की साउन ४
लम्की जेसिज र लेडि जेसिज द्धारा नमुना अध्यन गृहमा सामग्री हस्तान्तरण गरीएको छ । जेसिजको आयोजनामा जारी सप्ताहाप्यापी कार्यक्रम अन्तरगत आज चौथो दिन एकता शिविर लम्कीमा रहेको नमुना अध्यनगृहमा अध्यनरत बालबालिकाको खानेपानीका लागि ट्याङ्की हस्तान्तरण गरीएको छ । किसान बहुउद्देश्यीय सहकारी संस्था लम्कीको आर्थिक सहयोगमा सो सामग्री हस्तान्तरण गरीएको हो ।

सृजनशिल नेपालको पहलमा निमार्ण भएको उक्त अध्यनगृहमा करीब एक सय जना भन्दा बढी मुक्त कमैयाका बालबालिका पढदै आएका छन । बिभिन्न दाताहरुको सहयोगमा सृजनशिल नेपालको पहलमा निमार्ण गरीएको उक्त भवनमा  अब खानेपानीको लागि लम्की जेसिज र लम्की लेडि जेसिजको पहलमा खानेपानीका लागि ट्याङ्की हस्तानतरण गरीएपछि खानेपानीको समस्या टर्ने अध्यन गृहकी शिक्षिका सुधामा चौधरीले बताइन ।

एक कार्यक्रमका बिच सो सामग्री लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना र लम्की लेडिजका अध्यक्ष इशरा थापाका साथै सम्पुर्ण जेसिज परिवार र किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले नमुना अध्यनगृहका शिक्षिका सुधामा चौधरी र सृजनशिल नेपालका अध्यक्ष जनक सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक पार्वति रोकायाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा–प्रबन्धक तथा लम्की जेसिजका पुर्ब अध्यक्ष डम्बर बहादुर शाह रहेका थिए । 

भने कार्यक्रमको बिशिष्ट अतिथीमा लम्कीचुहा नगरपालिकाका स्वाथ्य शाखा संयोजक जयन्ती वि.सि. रहनु भएको थियो । लम्की जेसिजका कार्यकारीणि उपाध्यक्ष नेत्र प्रसाद जैशीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्की जेसिजका अध्यक्ष मोहोन ढुङ्गाना, लम्की लेडिजका अध्यक्ष इशरा थापा, पुर्ब अध्यक्षहरु देवकी कार्कि, जुगराम चौधरी, सृजनशिल नेपालका अध्यक्ष जनक सुनार लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्दै लम्की जेसिजका पुर्ब अध्यक्ष तथा किसान बहुउद्देश्यय सहकारी संस्था लम्कीका महा प्रबन्धक डम्बर बहादुर शाहले लम्की जेसिजले आफ्नो स्थापना कालदेखि नै समाजमा रचनात्मक काम गदै आएको बताए ।


४ श्रावण २०७६, शनिबार १५:०६ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....