वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलवार १५:२७

पं रामबाबु लुईटेल

आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ । पौराणिक रुपमा अत्यन्त सफल मनिएका वैदिक कार्यहरु आजैको दिन सम्पन्न तथा शुभारम्भ भएकोले आजको दिनलाई अत्यन्त पवित्र दिनको रुपमा मनिएको छ, आजैको दिन देवादिदेव महादेव र हिमालय पुत्री पार्वती बीच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि अजैको दिनको लगन देखि बेदव्यासले लेख्न थाल्नु भएको पौरणिक मान्यता छ l
आजको दिनलाई युगहरुको सुरुवातीको दिनको तिथिको रुपमा पनि लिइन्छ, अजैको तिथिबाट औपचारिक रुपमा सत्ययूगको प्रारम्भ भएको थियो भने महाभारत युगको समाप्त पश्चात आजैको तिथिबाट द्वापर यूग समाप्त भई त्रेता यूगको प्रारम्भ पनि भएको थियो l
आजैको तिथिमा भार्गव गोत्रीय अत्यन्त आज्ञाकारी ऋषी पर्शुरामको पनि जन्म भएको थियो, पर्शुरामलाई विष्णु भगवानको छैंठौ अवतारको रुपमा भागवतमा व्याख्या गरिएको छ र अष्टचिरन्जिवी मध्ये एकका रुपमा पूजा गरिंदै आईएको छ ।
अत:आजको यस पुण्यमय दिनमा अक्षय फल ( कहिल्यै नाश नहुने) प्राप्त हेतु आजको दिनमा बिशेष सातु र सर्बत गर्मी र हर रोगबाट बच्न का लागि दान गर्नाले अक्षय फल प्राप्त हुने कुरा पुराणमा उल्लेख गरिएको छ, आजको दिनमा छाता, जुत्ता, कपडा र सिदा सातु र सर्वत यथा संम्भव सत्पात्रलाई दान गरि आफुले सातु सर्वत सेवन् गर्ने र अन्यलाई पनि सेवन् गराउनाले लाई पितृहरु पनि अत्यन्त खुशी भई पितृ शुखका साथै अक्षय फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ l


२४ बैशाख २०७६, मंगलवार १५:२७ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....