लम्की बहुमुखि क्याम्पसमा अनिश्चतकालिन तालाबन्दी
देवानन्द न्यौपाने
लम्की , साउन ५
लम्की बहुमुखि क्याम्पसमा विद्यार्थिले अनिश्चतकालिन तालाबन्दी गरेका छन ।
स्वतन्त्र विद्यार्थि युनियनको लम्की बहुमुखि क्याम्पसका सभापति ललित जैशिको अगुवाईमा क्याम्पस ब्यावस्थापन समिति र प्रशासन समक्ष बिभिन्न माग राख्दै अनिश्चत कालिन तालाबन्दी गरेका हुन ।
आज बिहान विद्यार्थिहरुको समुहले आफुहरुको माग प्रति क्याम्पस ब्यवस्थापन समिति र प्रशासनले बेवास्ता गरेको भन्दै क्याम्पस प्रशासन र ब्यावस्थापन समितिको कार्यकक्षमा अनिनिश्चत कालिन तालाबन्दी गरेका छन ।
यस अघि स्वतन्त्र विद्यार्थि युनियनको अगुवाईमा विद्यार्थिहरुले क्याम्पसको भवन निमार्णमा आर्थिक पारदर्शिता नभएको, छात्रबृत्री बितरण तथा विद्यार्थि छनोट प्रक्रियामा ढीलाई भैरहेको भन्दै पटक–पटक ध्यानाकर्ण गराउदै आएको थिए ।
५ श्रावण २०७६, आईतवार ०६:४६ मा प्रकाशित