एसएसपी जोशी अमेरिकामा सम्मानित
जनधारणा सम्बाददाता
अमेरिका ,असार ३१
अमेरीकाको क्यालिफोर्निया स्थित नेपालीहरुको सामाजिक संस्था नेपाली कम्युनिटी सेन्टर (NCC) ले नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई सम्मान गरेको छ ।
अमेरीकी समुदायमा ब्यबसायसंगै सच्चा समाजसेवा गर्दै आइरहेका नेपालीहरुको संस्था हिमालयन फाउण्डेशनका संस्थापक एवं नेपाली कम्युनिटी सेन्टर (NCC) का अध्यक्ष यज्ञलाल श्रेष्ठको नेतृत्वमा समाजका हरेक तह र तप्काका ब्यक्तित्वहरुको सहभागितामा इन्टरपोलका प्रमुख समेत रहेका एसएसपी उमेशराज जोशीलाई सम्मान गरिएको हो ।
उक्त बिशेष समारोहमा एनसिसिका अध्यक्ष श्रेष्ठ, सोही संस्थाका संस्थापक अध्यक्ष उत्तम कार्की, लायन्स क्लव इन्टरनेशनल डिष्टिक ४ C-3 क्यालिफोर्नियाका पूर्व डिष्टिक गर्भनर राजेन थापा, बरिष्ट चलचित्र निर्देशक नारायण पुरी, एनसिसिका महासचिव बालकृष्ण आचार्य, एनआरएन एनसिसि युएसएका पश्चिम क्षेत्रिय उपाध्यक्ष सर्बज्ञ वाग्ले, एनआरएन एनसिसि क्यालिफोर्निया च्याप्टरका अध्यक्ष सुन्दर मल्ल लगायत संस्थाका पदाधिकारी, सदस्य, सामाजिक व्यक्तित्व तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । निडरताका पर्याय एसएसपी जोशीको काम गर्ने शैली र उहाँले प्रदान गर्दै आएको सेवा सोचेभन्दा उत्कृष्ट रहेको भन्दै नेपाली कम्युनिटी सेन्टर (NCC)ले अमेरीका भ्रमणमा रहेका बेला हौसला स्वरुप सम्मान गरेको अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए ।
लामो समयदेखि अमेरीकाबासी नेपालीहरुलाई एकतावद्ध गर्दै आएको एनसिसिबाट सम्मानित एसएसपी उमेशराज जोशीले पद र कार्यक्षेत्रप्रति सधै वफादार रहेर आफ्नो भन्दापनि समाज र समुदायको अमनचैनलाई सर्वोपरी सोचेर काम गर्दै आएको प्रस्ट्याए । अमेरीकी भुमिमा रहेका नेपालीहरुले प्रदान गरेको यो सम्मानले अझ हौसला मिलेको बताउँदै प्रवासबाट पाएको माया आफ्नो पेशाप्रतिको अर्को बलियो आधार स्तम्भ रहेको जनाए । पेशाप्रति निष्ठावान रहेर कामप्रति दायित्ववोध गर्ने हो भने हरेक क्षेत्रमा हामी उत्कृष्ट र गतिशिल हुन सक्ने एसएसपी जोशीले अथ्र्याए । साथै समाज अहिले नयाँ शैलीको अपराधमा गडेको बताउँदै शोखको जिवनशैलीबाट अपराधले प्रश्रय पाएको उनको धारणा थियो । उनले सामान्य जिवनशैली संसारकै उत्कृष्ट जिवनशैली भएको भन्दै सबैलाई सामान्य तर चनाखो भई बाँच्न सल्लाह दिए । अपराधले समाजमा हरेक नागरिकले आप्mनो काम र कर्तब्यलाई मनन गरेर त्यसैमा ब्यस्त हुने हो भने आपराधिक क्रियाकलाप स्वतः न्युन हुने समेत एसएसपी जोशीले बताए ।
सामुदायिक गतिविधी र विनास्वार्थ पेशाप्रति इमान्दार भई काम गर्दै आइरहेका व्यक्तित्वलाई हौसला दिदै आइरहेको नेपाली कम्युनिटी सेन्टर (NCC) ले यस प्रकारको कार्यलाई आगामी दिनमा निरन्तरता दिदै जाने योजना बनाएको अध्यक्ष यज्ञलाल श्रेष्ठले उल्लेख गरे । बर्तमान परिस्थितीमा समुदायका लागि काम गर्नु जटिल छ तर आत्मबिश्वास र गर्छु भन्ने आँट छ भने जस्तोसुकै काम पनि गर्न सकिने भन्दै श्रेष्ठले सहभागिहरुलाई समाज उन्मुख काममा कहि न कहिबाट जोडिन आग्रह गरे । समारोहमा उत्तम कार्की, राजेन थापा लगायतले देशको अवस्था सुदृढ र आर्थिक रुपमा गतिशिल बनाउन राष्टसेवक कर्मचारीसंगै सबैले आ-आफ्नो तहबाट निस्वार्थ सेवा प्रवाह गर्नुपर्ने औल्याएका थिए । स्मरण रहोस, एसएसपी उमेशराज जोशीले इन्टरपोल प्रमुखको जिम्मेवारीसंगै प्रहरी महानिरीक्षकको सचिवालय समेत कुशलतापुर्वक सम्हाल्दै आइरहेका छन् ।
३१ असार २०७६, मंगलवार १४:०४ मा प्रकाशित