गुणस्तरहीन ईटाको प्रयोग गर्दै धनगढीमा बिधालयको भवन बन्दै

प्रकाशित मिति: २९ भाद्र २०७६, आईतवार १५:२७

धनगढी,२९ भदौ 
कैलालीको धनगढी उपमहानगरपालिका ६ स्थित बासुदेबी उच्च माविको भबन गुणस्तरहीन ईटाको प्रयोग गरि निर्माण कार्य थालिएको छ ।
धनगढी उपमहानगरपालिकाका बिद्यालय भवन निर्माण कार्यक्रम अन्तरगतको भवन टेन्डर प्रक्रिया मार्फत बडाटेरीडुणे कन्ट्रक्सनले निर्माण कार्यको जिम्मा लिएको छ । 
गुस्तरहिन ईटाको प्रयोग भएको आफुले पनि जनाकारी पाएपछि उपमहानगरपालिकालाई बताउदै बासुदेवी उच्च माविका प्रधानाध्यापक गोपाल केसी भबन निर्माणको जिम्मा उपमहानगरपालिकाले निर्माण कम्पनीलाई जिम्मा दिएकोले बाँकी आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘बिद्यालयमा भवन निर्माण हुदैछ भन्ने जानकारी छ, इस्टमेट र बजेटका बारेमा अनबिज्ञ छु’ प्राधानाध्यापक केसीले भने– ‘के हुदैछ कस्तो निर्माण गर्दैछन् जनाकरी छैन ।’
धनगढी उपमहानगरपालिकाका ईन्जिनियर डिजराज भट्टले गुस्तरहिन ईटाको प्रयोग भएको उपमहानगरपालिकालाई जानकारी प्राप्त भए लगत्तै ईटा फिर्ता गराईएको बताए । यस्ता गुणस्तहिन काम गर्न कसैलाई पनि छुट नभएको भट्टको भनाई छ । 
भवन निर्माण जिम्मा पाएको बडाटेरीडुणे कन्ट्रक्सनका संचालक मुकेश बोगटीले भने कम्पनीको भन्दा पनि ईटा उद्योगले गलत ईटा पठाएकोले गलत भएको स्वीकारेका छन् । अब गुणस्तरहिन ईटा प्रयोग नगर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । 
निर्माण स्थलबाट तीन हजार गुस्तरहिन ईटा फिर्ता गरीएको बताउदै भवन निर्माणमा अब गुस्तरहिन ईटा प्रयोग नहोस भनेर एक जना कर्मचारी नै निर्माण स्थलमा पठाएको  उममहानगरपालिकाका उक्त साईट हेर्ने ईन्जिनियर उपेन्द्र भट्टले जानकारी दिए । 


२९ भाद्र २०७६, आईतवार १५:२७ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....