सुख्खा मौसमका कारण ५० हजार प्रभावित

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार ०४:३८

कोलम्बो, श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् ।
देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन देखि सुख्खा मौसम रहेको छ ।
सवै भन्दा धेरै भाभुनिया र जफ्नाको उत्तरी भाग, पुट्टालाम, केगाल्ले, माटालेलगायतका ठाँउ प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
विषेश गरेर पहाडी क्षेत्रमा लामो समयदेखि बर्षा नहुदा पानीको अभाव हुन थालेकोले जनजीवन प्रभावित भएको उनीहरुको भनाई छ ।
प्रकोप व्यवस्थापन केन्द्रका उप निर्देशक प्रदिप कोडिप्पीलीले सुख्खाबाट प्रभावित क्षेत्रमा बस्नेहरुका लागि पानी वितरण गर्ने उपकरणहरु पठाइएको जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रका बासिन्दालाई यस्तै मौसम रहेसम्म घरभित्रै बस्न र विषेश ख्याल गर्न आग्रह गरिएको पनि उहाँले बताउनु भयो ।
मौसम विभागले दिएको पछिल्लो विवरण अनुसार अहिले सुख्खापना थप बढ्दै गएको छ । आगामी केही दिन अझै सुख्खा हुने देखिएको विभागको अनुमान छ । त्यस क्षेत्रको तापक्रम ४१ डिग्रि सेल्सीयस पुग्ने मौसम अधिकारीहरुले अनुमान गरेका छन् । रासस-सिन्ह्वा


१ बैशाख २०७६, आईतवार ०४:३८ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....