बार्सिलोनामा सड़क दुर्घटनाबाट स्याङ्जाका पुजन कोईरालाको निधन ।

प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलवार ०६:५१

भोला लामिछाने

स्पेनको बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीसगको ठक्करमा साईकल चलाईरहेका पुजन कोईरालाको दुखद निधन भएको छ ।

आईतबार राती ११ बजेर ३० मिनेटमा ग्रान भिया र बाल्मेस को कर्नरमा स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २२ का पुजन कोइरालाको मृत्यु भएको एन आर एन स्पेनका सल्लाहकार सन्तोष श्रेष्ठ ले राती नै २ वजे नेपाली वेभ लाई वताएका थिए ।

स्पेनमा वैधानिक नभई सकेका कोईराला गोल्भो नामक खाना डेलीभरी गर्ने कम्पनीमा प्रकाश पान्डेको सहयोगमा काम गर्न शुरू गरोका थिए ।

उक्त घटनापछी एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोईरालाको निधनप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिबारलाई जानकारी दिईसकेको पनी बताएका छन्। नेपाली समुदायले पोस्टमार्टम पछि शब बुझ्ने र नेपाल आफ्न्तलाई पठाउने काम गरिने समेत बताए । साथै शव ब्यबस्थापन र कानुनि प्रक्रियाकालागि दूताबास र कन्सुलरमार्फत प्रक्रिया अघि बढिसकेको र अर्कोतर्फ परिबारकालागि उपाध्यक्ष पेशल कोईराला को संयोजकमा आर्थिक सहयोग संकलन समिति बनाई काम भैरहेको बताएका छन् ।

कोइराला जर्मन विद्यार्थी भिषामा एक वर्ष अघि यूरोप आएका थिए भने स्पेनको बार्सिलोनामा बैधानीक प्रक्रियाका लागी काम गरिरहेका थिए ।


१४ जेष्ठ २०७६, मंगलवार ०६:५१ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....