नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार १९:१५

ओस्लो, नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।

भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो । मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए ।

विषम मौसमी अवस्था आएपनि उद्धारकर्मीहरुले हेलिकप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए । प्रहरी प्रमुख टोर आन्द्रे फ्रान्कले भन्नुभयो, दुर्घटनाको संघारमा पुगेको जहाजमै यात्रुलाई छाड्नुभन्दा जसरी पनि उनीहरुलाई जमिनमा ल्याउनु बुद्धिमानी सम्झेर हामीले निकै चुनौतीबीच उद्धारकार्य थालेका हौं ।

आइतबार बिहानसम्म पानीजहाजका चारमध्ये तीनवटा इन्जिन पुनः चलाउन सफल भएका थिए ।

अधिकारीहरुले उद्धार गरिएकामध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ । उद्धारका लागि पाँचवटा हेलिकप्टर र अरु जहाज प्रयोग गरिएका थिए ! रासस/एएफपी


१० चैत्र २०७५, आईतवार १९:१५ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....