श्रीलङ्काका क्याप्टेनद्वारा क्षमायाचना

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार ०४:२९

कोलम्बो, श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गर्नुभएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उहाँलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो ।
उहाँको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते समेत भएपछि घटना थप विवादित बनेपछि उहाँले प्रहरीसँग माफी माग्नु परेको हो ।
घटनामा दोषी देखिएपछि ३० बर्षिय करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
उहाँलाई आगामी मे २ तारिखका दिन ट्रायलको समय पनि तोकिएको छ । देशका चर्चित क्रिकेट खेलाडी करुणारत्नेको स्वास्थ्य परिक्षण गर्न समेत लगाइएको छ ।
“गत आइतबार उहाँले गतल दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो,” एक प्रहरी अधिकारीले भने ।
प्रहरीको यो आरोपलाई स्विकार्दै श्रीलङ्कामा राष्ट्रिय क्रिकेट खेलाडी करुणरत्नेले आफ्नो तर्फबाट गल्ती भएकोमा क्षमायाचना गर्नुभएको छ । रासस-एएफपी


१ बैशाख २०७६, आईतवार ०४:२९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....