प्रदेश खेलमा स्वर्ण पदक बिजेता सलिनालाई गराइयो बञ्चित
,
दीपेन्द्र बस्नेत
पुनर्वास,३१ असार
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता पुुनर्वासका खेलाडीलाई प्रदेश स्तरीय खेलबाट बञ्चित गरिएको छ ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा असार २२ र २३ गते सञ्चालन गरिएको जिल्ला स्तरीय खेलमा स्वर्ण पदक बिजेता पुनर्वासकी सलिना मल्ल प्रदेश स्तरीय खेलबाट बञ्चित बन्न पुगेकी हुन् ।
असार अन्तिम साता सम्पन्न जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको ८०० मिटर दौडमा स्वर्ण पदक जितेकी सलिनालाई प्रदेश स्तरीय खेलबाट बञ्चित गराइए पछि दक्षिणी क्षेत्रमा आयोजकको निकै आलोचना गरिन थालिएको छ ।
कञ्चनपुर स्तरीय राष्ट्रपति रनिङ सिल्ड मा सहभागी भइ संवरण पदक बिजेता खेलाडी सलिना मल्ल पुनर्वास स्थित जीवन ज्योति माध्यमिक बिधालयकी छात्रा हुन ।
जिल्ला स्तरीय खेलको खुला प्रतियोगितामा स्वर्ण पदक बिजेता सलिनाले आफू माथी ठुलो अन्याय भएको भन्दै दुख व्यक्त गरेकी छिन् । उनले भनिन् खुला प्रतिस्पर्धामा जिल्लामै आफू विजेता बन्दा पनि राजनितिक खिचातानीका कारण प्रदेश स्तरीय खेलबाट आफू लाई बञ्चित गराइदा अहिले आफूलाई विजेताको आभास नै नभएको बताईन ।
राज्यले प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गरिनु पर्ने भए पनि प्रदेश खेलकुद आयोजकले उनी प्रती देखाएको तिरस्कारले सिंगो दक्षिणी क्षेत्रनै अवहेलित बन्न पुगेको छ । खेलाडी सकिनाले भनिन् जिल्ला स्तरीय कुनैपनि खेलमा दक्षिणीक्षेत्रका खेलाडीहरु सहभागी नहुँदा राम्रो होला ।
सलिना अध्ययनरत जीवन ज्योती माध्यमिक बिधालयका प्रधानाध्यापक भरतकुमार बस्नेतले जिल्लाबाट स्वर्ण पदक बिजेता बनेकी सलिनालाई प्रदेश स्तरीय खेलमा सहभागी नगराउनुमा निकै ठुलो छलकपट भएको बताए । यस्ता छलकपटका कारण सलिना जस्ता प्रतिभावान खेलाडीहरुको ईच्छा शक्ति कमजोर हुने र खेलप्रति खेलाडीको नकारात्मक दृष्टि हुने हुँदा सम्बन्धित निकायहरुले समयमै खेलाडी प्रति निष्पक्ष र न्योचित व्यवहार देखाउन संयमित हुन जरुरी रहेको बताए । धनगढीमा हुनुपर्ने प्रदेश स्तरीय खेललाई महेन्द्रनगरमै गराएको र आफूहरुलाई सो खेलमा सहभागीका लागि कुनै पत्राचार नै नगरेको प्रधानाध्यापक बस्नेतले बताए ।
सलिना माथी भएको छलकपटको विषयमा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिकाका प्रमूख गोपाल भट्टसँग बुझ्दा यसमा छलकपट भन्दा पनि प्रदेशका लागि छनौटमा परेका खेलाडीलाई खान,बस्नको सुविद्या छ । तपाईहरु कतै नजानुहोला भनेर जानकारी पनि सबैलाई गराएका हौ । यताबाट पुनर्वासका खेल शिक्षकलाई खेल असार २८ गते महेन्द्रनगरमा हुने भनेर जानकारी गराएको बताएपनि प्रधानाध्यापक बस्नेतले भने जानकारी नगराएको बताए । कदम कदाचित उहाँहरुलाई फोन सम्पर्क गर्दा अन्त कसैलाई पो सम्पर्क भएको होकी भन्ने विषयमा भने आफूलाई त्यति अनविज्ञता भएको बताए । वर्षायाममा हतारका कारण खेलहरु भएको हुँदा गल्ती भएको हुनसक्छ बताए ।
आफ्ना नगरका यस्ता प्रतिभावान खेलाडीप्रति जिल्लाले देखाएको गलत व्यवहार प्रति पुनर्वास नगरपालिकाका नगर प्रमूख र उपप्रमूखले पनि यस विषयमा न्यायोचित छानविन होस भन्दै चिन्ता व्यक्त गरेका छन् । छात्रा सलिना पुनर्वास स्तरीय खेलमा समेत प्रथम स्थानमा रहेकी थिइन ।
३१ असार २०७६, मंगलवार १५:३७ मा प्रकाशित