अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्तर्राज्जीय भलिवल प्रतियोगिता सम्पन्न।

प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार ००:५२

– Surendra Malla

सन् १८९५ मा अमेरिकाको Massachusetts राज्यको होल्योके मा अबस्थित Young Men’s Christian Association (YMCA) का निर्देशक विल्लियम जी मोर्गानले हल भित्र खेलिने (Indoor Team Sports ) खेल को रूपमा बास्केटबल खेलको बिकल्प स्वरूप शुरू गरेको भलिबल खेल नेपालको सबै ठाउँमा सामुहिक रूपमा बाहिर खेलिने खेलको रूपमा प्रख्यात छ । खेल्दा सामुहिक मनोरंजन पनि हुने अनि शारीरिक तन्दुरुस्त रहन पनि मद्दत पुग्ने भलिबल खेलको अविष्कार भएको देश अमेरिकाको बिभिन्न भागमा रहेका प्रबासी नेपाली समुदायमा पनि यो खेल ज्यादै प्रख्यात छ । युवा तथा प्रौढ सबै मिलि खेल्न सकिने भलिबल खेल नेपाली एवं नेपाली भाषी भुटनिज-अमेरिकन समुदायमा प्रख्यात रहेको छ। यहि प्रसिद्धिको कारण होला अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली एवं नेपाली भाषी भुटनिज-अमेरिकन समुदायले फरक फरक ठाउँमा भिन्न-भिन्न समयमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

हालै मात्र म्यारील्याण्ड राज्यको कोलम्बिया क्षेत्रमा बसोबास गर्ने नेपाली भलिबल खेलाडीहरूको क्लब “Maryland Nepalese Volleyball Club (MNVC )” ले नेपाली नयाँ बर्ष २०७६ को उपलक्षमा गत अप्रिल २० र २१, २०१९ मा दुइ दिने अन्तर-राज्य भलिबल प्रतियोगिता आयोजना गरेको थियो । सो क्लबका खेलाडीहरूले आफ्नै खर्चमा प्रथम पटक आयोजना गरेको उक्त प्रतियोगितामा क्यालिफोर्निया, पेन्सिलभानिया, ओहायो, न्यु योर्क र म्यारिल्याण्ड राज्यका ११ वटा भलिबल क्लब अर्थात् टिमहरूको सहभागिता रहेको थियो । म्यारील्याण्ड नेपलिज भलिबल क्लब ए र बी, एन ए एन सी सान फ्रान्सिस्को भलिबल टिम, वेलमन्ट पार्क भलिबल टिम ए र बी, सिन्धु समाज भलिबल टिम, बफ्यालो रोचेस्टर मिलर भलिबल टिम, गुरुङ समाज भलिबल टिम, कोलम्बस भलिबल टिम, न्यु योर्क भलिबल टिम र ह्यारिसबर्ग भलिबल टिमहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उदघाटन नेपालका राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान श्री सुनिल चौधरीले बल सर्बिस गरि शुरू भएको थियो । खेल शूरु हुनु अगाडी नेपालका राष्ट्रिय भलिबल टिमका पुर्व कप्तान श्री कैलाश दत्त भट्ट, राष्ट्रिय टिमका खेलाडी श्री रोमन श्रेष्ठ र राष्ट्रिय महिला भलिबल टिमका पूर्व खेलाडी रमीला तन्डुकारलाइ सम्मान गर्दै सहभागी सबै खेलाडीहरूलाई खादा ओढाई स्वागत गरिएको थियो ।

दुइ दिन सम्म आयोजना भएको उक्त भलिबल प्रतियोगिताको पहिलो दिन ११ टिमहरूलाई दुइ पुलमा (Pool A & Pool B) बिभाजन गरी दुइ वटा कोर्टमा लिगको आधारमा खेल खेलाइएको थियो । पहिलो समूह अर्थात् पूल ए मा म्यारील्याण्ड नेपलिज भलिबल क्लब ए, वेलमन्ट पार्क भलिबल बी, न्यु योर्क भलिबल टिम, कोलम्बस भलिबल टिम, ह्यारिसबर्ग भलिबल टिम र गुरुङ समाज भलिबल टिमहरू परेका थिए भने दोस्रो समूह अर्थात् पूल बी मा वेलमन्ट पार्क भलिबल ए, सिन्धु समाज भलिबल टिम, म्यारील्याण्ड नेपलिज भलिबल क्लब बी, एन ए एन सी सान फ्रान्सिस्को भलिबल टिम र बफ्यालो रोचेस्टर मिलर भलिबल टिमहरू परेका थिए । समूह ए बाट प्रथम स्थान ओगट्न सफल MNVC र समूह बी बाट NANC San Francisco Volleyball Team सेमी फाइनलमा सिधै प्रवेश गरेका थिए भने प्रत्येक समूहमा दोस्रो र तेस्रो स्थान ओगट्न सफल भलिबल टिमहरूको बीच भएको क्वार्टर फाइनल खेल पछि न्यु योर्क भलिबल टिम र वेलमन्ट पार्क भलिबल टिम बी सेमी फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन अर्थात् अप्रिल २१ मा क्वार्टर फाइनल, सेमी फाइनल र अन्तिम खेल भएको थियो । म्यारिल्याण्ड नेपलिज भलिबल टिम ए र वेलमन्ट पार्क भलिबल टिमहरू बीच भएको प्रतिस्पर्धात्मक खेलबाट म्यारील्याण्ड नेपलिज भलिबल टिम फाइनलमा प्रवेश गर्न सफल भयो भने एन ए एन सी सान फ्रान्सिस्को भलिबल टिम र न्यु योर्क भलिबल टिम बीच भएको खेलबाट NANC San Francisco Volleyball Team फाइनलमा प्रवेश गर्यो । MNVC र NANC San Francisco Volleyball Team बीच भएको अन्तिम खेल ज्यादै प्रतिस्पर्धात्मक एवं रोचकपूर्ण थियो । बेस्ट अफ फ़ाइव खेलमा MNVC ले ३-२ को अग्रता लिई प्रथम स्थान ओगट्न सफल भयो भने NANC San Francisco Volleyball Team ले दोस्रो स्थान हासिल गर्यो । उक्त प्रतियोगितामा पहिलो पुरष्कार अमेरिकी डलर ४०००/- र ट्रफी थियो भने दोस्रो पुरष्कार अमेरिकी डलर २५००/- र ट्रफिको व्यवस्था रहेको थियो । विभिन्न टिमका खेलाडीहरूलाई विभिन्न बिधानुसारको ट्रफी प्रदान गरिएको थियो । जस्तै MNVC का कप्तान शक्ति रेग्मी ले उत्कृष्ट खेलाडी को ट्रफी प्राप्त गरे भने NANC का खेलाडी कैलाश भट्टले बेस्ट ब्लकर, NANC कै अर्का खेलाडी रोमन श्रेष्ठले बेस्ट स्पाइकर र बेस्ट प्लेयर अफ सेमी फाइनल, New York का हरि रानाले बेस्ट सेटर, MNVC का राम श्रेष्ठले बेस्ट प्लेयर अफ फाइनल गेम र उद्धव ले बेस्ट प्लेयर अफ सेमी फाइनल गेम उपाधि पाए ।

निकै ब्यबथित रूपमा आयोजना गरिएको सो दुइ दिने अन्तर-राज्य भलिबल प्रतियोगिता बिना अबरोध निर्धारित समय भित्र नै खेल सम्पन्न भएको थियो ।सबै टिमका खेलाडीहरूले निकै अनुशाशित रही खेल प्रदर्शन गरी खेल सम्पन्न गर्न सघाएकोमा आयोजक टोलि प्रसन्न रहेका थिए । कोलम्बिया क्षेत्रमा रहने खेलाडी – खेलाडी साथीहरूको आर्थिक सहयोगमा आयोजना गरिएको सो खालको प्रतियोगितालाई निरन्तरता दिने आयोजक समुहको योजना रहेको छ ।


२० बैशाख २०७६, शुक्रबार ००:५२ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....