आठौँ बृहत् राष्ट्रिय खेलकूद

प्रकाशित मिति: १७ चैत्र २०७५, आईतवार ०६:५६

–कुमार चौलागाईं÷मुना कार्की

काठमाडौँ, आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सातौँ राष्ट्रिय खेलकूदमा रु १० हजार व्यवस्था गरिएकोमा आठौँ राष्ट्रिय खेलकुदमा यसमा वृद्धि गरी रु १५ हजार र सामूहिक स्पर्धातर्फ सातौँ राष्ट्रिय खेलकुदमा रु पाँच हजार व्यवस्था गरिएकोमा आठौँमा त्यो रकम वृद्धि गरी रु सात हजार पु¥याइएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा टोली प्रशिक्षक ६४० र टोली व्यवस्थापक ४६१ को सहभागिता रहनेछ । प्रतियोगितामा ३५ खेलहरु फुटबल, एथलेटिक्स, बक्सिङ्ग, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सीङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराँते र हक्की रहेका छन् ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक ९२२ र स्थानीय निर्णायक ४७१ समेत गरी जम्मा एक हजार ३९३ जनाको सहभागिता रहनेछ । खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल समेत गरी १० हजारको सहभागिता रहने राखेपले जनाएको छ ।

प्रतियोगितामा विभागीय टोलीबाहेकको खेलाडी तथा अफिसियलको खाना, बसोबासका लागि रु चार करोड ६७ लाख १७ हजार २०० खर्च लाग्ने छ भने रेफ्रीहरुको यातायात र निर्णायक भत्तातर्फ रु ५६ लाख ३३ हजार ५०० लाग्ने परिषद्ले जनाएको छ ।

जिल्लास्तरीय खेलाडी छनौटका लागि जिल्लामा खेलाडी दर्ता भएको आधारमा कोटा निर्धारण गरी ७७ जिल्ला खेलकुद विकास समितिबाट खेलाडी छनौट सम्पन्न गरिसकिएको र यसका निमित्त रु तीन करोड पाँच लाख ४० हजार खर्च भएको परिषद्ले जनाएको छ ।

प्रदेश प्रतियोगिता तथा छनौट, बन्द प्रशिक्षण, यातायात समेतका लागि सातै प्रदेशलाई रु १९ करोड ९० लाख निकासा गरी प्रदेश नं. ३ र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो छनौटबाहेक ३५ वटै खेलका खेलाडीहरु छनौट भइसकेका छन् । प्रदेश नंं ३ को तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २३ देखि २५ गतेसम्म हुने र सुदूरपश्चिम प्रदेशको तेक्वान्दो खेलको प्रदेश छनौट यही चैत २० देखि २२ गतेसम्म हुने परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई खेलाडी छनौट तथा खेल सामग्रीका निमित्त रु सात लाखका दरले रु २१ लाख निकासा गरिसकिएको र सम्बन्धित विभागबाट खेलाडी छनौट भई विभागमै प्रशिक्षणरत् रहेका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को तर्फबाट नौ देशका २४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा १२५ ‘भोलेन्टियर’ प्रशिक्षकलाई ७७ जिल्ला खेलकुद विकास समिति र सातै प्रदेशमा प्रशिक्षण गराउने गरी नियुक्ति दिई कामकाजमा लगाइएको छ ।

प्रतियोगिताका लागि रु. ४३ करोड ८५ लाख ५१ हजार ६५० खर्च लाग्ने र चालु आ.व. मा विनियोजित रु १७ करोड ८४ लाख ५९ हजार र अर्थ मन्त्रालयले थप निकासा गरेको रु १५ करोड गरी रु ३२ करोड ८४ लाख ५९ हजार राष्ट्रिय खेलकुद परिषद्का नाममा निकासा भइसकेको तथा बाँकी नपुग रकम रु ११ करोड ९२ हजार ६५० निकासाका निमित्त युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरिएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । रासस


१७ चैत्र २०७५, आईतवार ०६:५६ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....