उद्धारमा जुट्न सभापति देउवाको आग्रह

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०६:५९

काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण दिवङ्गत हुनुभएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले विपद्मा परी घाइते भएकाको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकालाई आग्रह गर्नुभएको छ ।
सभापति देउवाले काङ्ग्रेस पार्टीको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा जानुभएको जनाउँदै सम्बन्धित क्षेत्रका पार्टीका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं. २, काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन दिनुभएको छ ।
उहाँले मानवीय संवेदनाको यस दुःखद घडीमा तत्काल राहत र उद्धारका लागि सक्रिय रहन आम दिदीबहिनी तथा दाजुभाइमा समेत हार्दिक आग्रह गर्नुभएको छ । काङ्ग्रेस सङ्घीय संसदीय दलले पनि सो घट्नामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित परिवारको पुनस्र्थापनका लागि सरकारसँग आग्रह गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जलि अपर्ण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।रासस


१८ चैत्र २०७५, सोमबार ०६:५९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....