अनेसास र एनएएनसीद्वारा भानु जयन्ती मनाउने निर्णय

जनधारणा सम्वाददाता । २८ जुन ।
भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको सारगर्वित भनाइका साथ आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा दिएको देनलाई स्मरण गर्दै २१ जुलाइमा भानु जयन्ति” मनाउने निर्णय गरेको छ । कार्यक्रमको आयोजना अन्तर्राष्टिय नेपाली साहित्य समाज केन्द्र, उत्तरी तथा दक्षिणी क्यालिफोर्निया साथै एनएएनसी बे एरियाले गरेको छ। कार्यक्रम 460 E Middle field Rd, (Hope Service Center) Mountain View, CA मा विहान १० बजेदेखि २ बजेसम्म गरिने समाजले जनाएको छ ।
यसै सन्दर्भमा समाजले सबैलाई उपस्थितिको लागी सादरअनुरोध समेत गरेको छ । भानु जयन्तिमा समावेश गरिने विषय वस्तुहरु कविता, गजल, गीत र चुट्किला आदी लगायतका रचनाहरुलाई समावेश गरिने भएको छ भने ५ मिनेट भन्दा लामो रचनालाइ समावेस गरिने छैन । नेपाली भाषा साहित्य सँगसँगै नेपाली भाषा र साहित्यलाई योगदान दिने व्यक्तित्वलाई अन्तर्राष्ट्रिय भाषा (अंग्रेजी)लाइ पनि फराकिलो बनाउँदै यस विषय अन्तर्गत अंग्रेजीमा आउने लेख रचनालाई पनि समावेश गरिने अनेसास परिवार र एनएएनसीले जनाएको छ ।
१३ असार २०७६, शुक्रबार २१:०० मा प्रकाशित