एनआरएनए आईसीसी सदस्यका सबै भन्दा शक्तिशाली उमेद्वार शंकर खड्का ।

प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार ००:३३

गैरआवासीय नेपाली संघ अभियानमा निरन्तर लागि रहेका हाल क्यालिफोर्नीया निवासी समाज सेवी शंकर खड्काले एनआरएनए आईसीसी सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । एनआरएन अभियानमा लामो समय देखि होमिएका खड्का एनआरएन सदस्य ,साथीभाई ,ईस्टमित्र सवैसंग सरसल्लाह गरेर यस पदमा उम्मेदारी दिएको बताऊँ छन् । बिगतमा पनि एनआरएनएको विभिन्न पदमा रही काम गरि सकेको बताउदै यस पटक पनि आफूलाई सहयोग मिल्ने र साथीभाईले माया गर्ने कुरामा ऊनी बिश्वस्त रहेको कुरा स्वयंले बताए ।

रामेछापको एक दुर्गम गाउमा राजनैतिक परिवारमा जन्मेका शंकर खड्का हक्की र निडर स्वभावका छन् ।
उनले सानैदेखी राजनिती र सामाजिक काममा अग्रसर भएर काम गरे । जसको फलस्वरूप आफ्नै नेतृत्वमा संस्थापक अध्यक्ष भई रामेछापको सुनापती गाउपालीकामा सुनापती सहिद बहुमुखी क्याम्पसको स्थापना गरे ।

उनी नेपालमा रहदा सामाजिक र राजनितीक संगै पर्यटन ब्याबसायी पनि हुन् ।
उनले ने बि संघ को राजनिती वाट तरुणदलको केन्द्र सम्म पुगेर काम गर्नुको साथै बिदेसमा रहेका प्रजातांत्रिक युवाहरूलाई पनि संगठित गर्दै देश बिकासलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताले बिदेसमा पनि पहिलो पटक तरुण दलको केन्द्रीय प्रतिनिधी भएर अमेरीकामा ‘तरुण दल अमेरीका शाखा ‘गठन गर्न सफल भए ।

त्यती मात्र नभई बे एरिया मा रहेका नेपालीहरूको एक प्रतिष्ठित संस्था सन्नी सगरमाथा समाजको पुर्ब संल्लाहाकार भएर काम गरे ।

लामो समय देखि एनआरएन एनसीसी अमेरिकाको साधारण सदस्य बनेका खड्का २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनआरएन एनसीसी अमेरिकाको सचिब थिए । साथै आई॰सी॰सी॰को बिभिन्न टास्क फोर्समा बसेर काम गरेको अनुभव उनमा छ । त्यसरीनै शंकर खड्काले विधान समिति लगायत विभिन्न समितिमा रहेर काम समेत गरेकाले आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।


१६ बैशाख २०७६, सोमबार ००:३३ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....