एनआरएनए निर्वाचनमा – सर्जक एवं संचारकर्मी सर्बज्ञ वाग्लेद्वारा अमेरिका पश्चिम क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेद्वारी

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार ०८:०२

विश्वकला
क्यालिफोर्नीया-अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका सर्बज्ञ वाग्ले गैह्र आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१९-२१ ) सम्मको कार्याकालको लागी उपाध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गर्नुभएको छ । उहाँले २०१५-१७ ताका निर्विरोध मिडिया कोअर्डिनेटर भएर अव्वल दर्जाको काम गरिसक्नु भएको छ ।
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी पश्चिम क्षेत्रवाट सर्बज्ञ वाग्लेले उपाध्यक्षमा उम्मेद्वारी दर्ता गर्नु भएको छ ।

सर्बज्ञ वाग्ले भन्नु हुन्छ :-
“एनआरएनए अमेरिकाको निकट भविश्यमा हुन गैरहेको निर्वाचनमा रहरले उम्मेद्वारी घोषणा गर्नेहरुको लर्को भन्दा काम गर्ने, समय दिने र नयाँ सोच भएका व्यक्तिहरूको प्रवेश हुनु ज़रूरी छ । वर्तमान कार्यसमितिमा निहित पदभन्दा माथिल्लो पदमा उक्लने चाह,धेरैमा बढेको भएता पनि,बाध्यता वा रहरले उमेद्वार दिन भन्दा अन्य रचनात्मक काममा लाग्नु उपयुक्त हो । ‘उम्मेद्वारी घोषणा गर्नाका लागि ब्यानर अर्डर गरेर सामाजिक संजालका भित्ताहरु रंगाउनु भन्दा सामाजिक सेवाको लामो सकृयता र अनुभवलाई एनआरएनए मार्फत निरन्तरता दिन आफू उपाध्यक्ष पदमा म उठेको हुँ “।

उहाँले अझै गैह्र आवासीय अन्तराष्ट्रीय नेपाली संस्थाको भाषा साहित्यको जिम्मेवार पूर्ण पदमा बसेर सेवा गरिरहनु भएको छ । यसरीनै उहाँले थुप्रै संघ संस्थामा बसेर समाजसेवा गर्नु भएको थियो,छ र निरन्तर गरिरहने उत्कण्ठा बोकी रहनु भएको छ । उहाँका अनुभव,सोच तथा कार्यायोजनाहरू यस कार्याकालमा पनि संस्थालाई अझ बढी चुस्त ,दुरुस्त र सेवामुखि बनाउँन अति नै उपयोगी सिद्द हुने नै छन् । तसर्थ एक सक्षम,योग्य,उर्जासिल ,क्षमतावान र अनुभवी ब्याक्तित्वलाई अवसर दिएर एनआरएनए अमेरिकालाई आगामी दिनमा बिधि ,बिधान ,नीति नियममा हिड्ने ,भ्रष्टचार र अनियमितता मुक्त ,सबैको साझा र सहयोगी भातृत्व प्रेमी अपनत्व संस्था बनाउन सहयोग गर्नु आम एनआरएनए प्रेमी सज्जन व्यक्तित्वको दायित्व र कर्तव्य पनि हो । अव आम जनमानसले यस संस्थाको हितको लागि हाम्रा भन्दा पनि राम्रा र सक्षम तथा सकारात्मक सोच भएका मानिसलाई चुन्न आवश्यक भएको छ ।

आगामी दिनमा यस संस्थाभित्र भएका तमाम बिकृति बिसंगति,कमजोरीहरूलाई हटाई बिधि बिधान र पद्दतिमा हिड्ने मात्रै नभई आत्मै देखी सबैले सम्मान गर्ने संस्था बनाउनु हामी सबैको कर्तव्य हो । लामो समय देखि अमेरिकी नेपाली समाजमा सर्बज्ञ वाग्लेको योगदान अक्षुन्न,अमूल्य तथा अपरिहार्य छ । उहाँ जस्तो व्यक्तित्व यस संस्थाको उन्नति,प्रगति र हितको लागि अहोरात्र खट्नु हुने सबैका चिर-परिचित ,इमान्दार ,सोझो तथा सकारात्मक ब्याक्तित्व भएकोले एनआरएनए एनसिसिको अमेरिका पश्चिम क्षेत्रको उपाध्यक्षमा निर्वाचित गराउनु हुन् अमेरिकामा बसोबास गर्नुहुने सम्पूर्ण बा-आमा ,दाजुभाई दिदिबहिनि ,बिधार्थी साथिहरू तथा सम्पूर्ण मित्रहरू सबैलाई वहाले अनुरोध गर्नु भएको छ !

उहाँ सामाजिक अभियन्ता मात्र नभएर लेखक ,सन्चारकर्मि , व्यड्ग्यकार तथा कथाकार समेत हुनुहुन्छ । उहाँका नेपाली साहित्यमा जुवाघर ( व्यड्ग्य कृति ) ,क्यासिनो ( कथा सड्ग्रह ) र युधिष्ठिर ( कथा सड्ग्रह ) र साँढे ( व्यड्ग्य संग्रह ) गरि चार कृतिहरू यस अघि नै प्रकाशन भइसकेका छन् भने उहाँको पहिलो उपन्यास कृति प्रकाशनको अन्तिम तयारिमा छ ।
सवै भन्दा योग्य र सक्षम ब्याक्तिलाई चुनौ । एनआरएन अमेरिकालाई सबैले गर्व गर्न सक्ने संस्था बनाऔँ ‘ भन्ने मूल मन्त्रका साथ यस पटक सर्बज्ञ वाग्ले जस्तो मिलनसार, मृदुभाषी, सर्जक तथा सन्चारकर्मी वाग्लेलाई अत्यधिक मतले विजय गराऔ ।


६ बैशाख २०७६, शुक्रबार ०८:०२ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....