स्वास्थ्य शिविर

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार ०५:२१

भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ को बडैपुरमा सोमबार एकदिने महिलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भीमदत्तनगरपालिका–१३ वडा कार्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा महिलाको तल्लो पेट दुख्ने, आङ खस्ने, पाठेघरसम्बन्धी सेवा दिइएको थियो । शिविरबाट एक सय महिलाले स्वास्थ्य सेवा लिनाका साथै उनीहरुलाई निःशुल्क औषधि प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष लालबहादुर शाहीले दलित र विपन्न समुदायका महिलालाई लक्षित गरी वडास्तरमै स्वास्थ्य सेवा दिइएको बताउनुभयो । भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्नुभएको स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँचमा महाकाली अञ्चल अस्पतालको चिकित्सकसहितको टोलीका साथै नगरपालिकाको स्वास्थ्य शाखा र स्थानीय महिला स्वयम्सेविकाहरु खटिनुभएको थियो । रासस


१ बैशाख २०७६, आईतवार ०५:२१ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....