उद्धार प्रभावकारी बनाउन अनुरोध

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०७:३८

काठमाडौँ,प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्राकृतिक विपद्मा परेका बारा र पर्सा लगायतका जिल्लाहरुमा विलम्ब नगरी राहत र उद्धारका कार्यलाई प्रभावकारीरूपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनुरोध गर्नुभएको छ । आज एक विज्ञप्ति प्रकशित गरी उहाँले प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कमी हुन नदिन सरकारसँग विशेष अनुरोधसमेत गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आइतबार साँझ आएको हावाहुरी, असिनापानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ । अकल्पनीय र दुःखद् प्राकृतिक विपद्का कारण निधन भएकाप्रति म भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विपद्मा परेका पीडितको छिटो उद्धार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुएको छ ।

विज्ञप्तिमा भनिएको छ, “बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासि आएको त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तीमा २७ जनाको मृत्यु तथा ६१२ बढी घाइते भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ ।” अध्यक्ष तिमिल्सिनाले विज्ञप्तिमा अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै आँधीबेहरीका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई उहाँले आग्रह गर्नुभएको छ । रासस


१८ चैत्र २०७५, सोमबार ०७:३८ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....