लमहीमा ट्रमा सेन्टर बन्ने

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०७:३०

नारायणपुर, प्रदेश नं ५ स्तरीय ट्रमा सेन्टर दाङको लमहीमा स्थापना हुने भएको छ । पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना बढी हुने भएकाले सोलाई मध्यनजर राखेर ट्रमा सेन्टरको स्थापना गर्न थालिएको प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिनुभयो ।

दाङ देउखुरी क्षेत्रमा दैनिक सडक दुर्घटना हुने घाइतेलाई उपचारका लागि नेपालगञ्ज वा बुटवल लैजानुपर्ने बाध्यता छ । त्यो समस्यालाई समाधान गर्न ट्रमा सेन्टरको आवश्यकता महशुस गरिएको उहाँको भनाइ छ । ट्रमा सेन्टरका लागि स्थानीय तहले नेतृत्व लिन आवश्यक रहेको भन्दै प्रदेश र सङ्घीय सरकारले सहयोग गर्ने अर्का प्रदेशसभा सदस्य रेवतिरमण शर्माले बताउनुभयो ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले जग्गाका लागि लालपूर्जा नभएकै कारण ट्रमा सेन्टर स्थापना गर्ने कुरा रोकिन नहुने बताउनुभयो । प्रदेशसभा सदस्य सरस्वती गौतमले देउखुरीमा ट्रमा सेन्टर स्थापना गर्ने कुरा सकारात्मक रहेको भन्दै तीन तहकै सरकारबाट उत्तिकै पहल हुन आवश्यक रहेको बताउनुभयो । प्रदेश नं ५ का स्वास्थ्य निर्देशक दिनेश चापागाईंले लमहीमा ट्रमा सेन्टर स्थापना गर्ने विषयमा एकिन भइसकेको जानकारी दिँदै डिजाइन तयार गरी गुरुयोजना निर्माण गर्ने कार्यमा लागिने बताउनुभयो ।

लमहीमा रहेको कृषि उपज बजार केन्द्रको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने बताइएको छ । राजमार्गसँग जोडिएको जग्गा भएकाले पनि हाल उद्यमशिल सहकारीले भोग चलन गर्दै आइरहेको जग्गा नै ट्रमा सेन्टरका लागि उपयुक्त हुने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।

ट्रमा सेन्टरको लागि कम्तीमा पनि एक बिघा क्षेत्रफलको जग्गा आवश्यक पर्ने उक्त स्थानको जग्गा उपयुक्त रहेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले ट्रमा सेन्टर स्थापना गर्न यसवर्ष रु दुई करोड विनियोजन गरेको छ । नगरपालिकाले ट्रमा सेन्टर स्थापना गर्ने विषयमा सर्वपक्षीय छलफलको आयोजनासमेत गरेको छ । छलफलमा प्रदेशसभा सदस्यहरु, मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशक, छिमेकी गाउँपालिका गढवाका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी लगायतको सहभागिता थियो । रासस


१८ चैत्र २०७५, सोमबार ०७:३० मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....