सफाइ अभियानमा ९२ वर्षीया मङ्गली

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०७:११

चिप्लेढुङ्गा, पोखरा सुन्दर छ, सफा छ, घुम्न आउनेहरु भन्ने गर्छन् । शहर सफा राख्न र सुन्दरता जोगाउनुपर्छ भनेर हरेक हप्ता हातमा कुचो बोकेर सफा गर्न सडकमा निस्कने अभियानकर्मीको पनि कमी छैन । ‘सके सफा गरौँ, नसके फोहोर नगरौँ’ ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराकासाथ सडकमा निस्कन्छन् र भटाभट फोहोर सङ्कलन गर्न थाल्छन् ।

यो अभियान केही वर्षदेखि पोखरामा निरन्तर चलेको छ । फेवाताल सफाइ अभियान सक्रिय छ । पोखरा लेकसाइडस्थित खहरे आमा समूहका ७० सदस्य समूहमा हुनुहुन्छ । सोही समूहमा ९२ वर्षीय मङ्गली जलारी हातमा पञ्जा, सफाइ अभियानको टिसर्टमा अभियानमा जुट्नुहुन्छ । उहाँलाई कत्ति अल्छी लाग्दैन । हसिलोअनुहारमा भटाभट फोहोर सङ्कलन गर्ने सदस्यमध्ये अग्रपक्तिमा उहाँलाई देख्न सकिन्छ । उहाँको जागर देखेर सबै छक्क पर्छन् ।

समूहका अध्यक्ष मैया थापाले भन्नुभयो, “मङ्गला आमा यो संस्थाको संस्थापक सदस्य हुनुहुन्छ, हामीले सफाइ अभियान शुरु गरेदेखि उहाँ निरन्तर सहभागी हँुदै आउनुभएको छ ।” विसं २०७० मा स्थापित यो समूह विगत दुई वर्षदेखि हप्तै पिच्छे सफाइ अभियानमा जुटेका छ । ११०औँ हप्ता पुगिसकेको छ ।
“हामीले अब हजुर घर बस्नु हामी गर्छौँ भन्दा मान्नुहुन्न, सकेसम्म हात खुट्टा बाँधेर बस्नुहुन्न मैले जति गर्न सक्छु त्यति गर्छु भन्दै आउनुहुन्छ”, थापाले भन्नुभयो ।
“म सक्ने बेलासम्म सफाइ अभियानमा जान्छु”, मङ्गलीले भन्नुभयो । “अञ्जुलीमा पानी भरेर खाएको फेवाताल दुर्गन्धित भइरहँदा नमज्जा लागेको छ, ताल बाराही मन्दिर छ, यस्तो पवित्र ठाउँमा पनि मानिस ढल मिसाएर पाप गर्छन् ।”मानिस पढेलेखेका भए पनि संस्कार सभ्यता अनि नैतिकता बिर्सदै गएको उहाँको ठम्याइ छ ।

पोखरा वृहत सफाइ अभियानका अभियानकर्मी रामबहादुर पौडेलले मङ्गलीको सक्रियताले अभियानमा लाग्नेहरुलाई ऊर्जा मिल्ने गरेको बताउनुभयो । स्वच्छ र हराभरा पोखराका लागि उहाँको सक्रियताले सकारात्मक सन्देश प्रवाह गरेको छ । वृहत पोखरा सफाइ अभियानले पनि सोही नाराका साथ १४८औँ हप्ताको सफाइ अभियान पूरा गरेको छ ।

पोखरा महानगरपालिकाको ३३ वटै वडामा अभियानलाई निरन्तरता दिँदै आएको छ । यो अभियानमा आजसम्म झण्डै एक लाख ६१ हजारले सहभागिता जनाइसकेको पौडेलको भनाइ छ ।

सङ्कलित फोहरको व्यवस्थापन महानगरपालिका गर्दै आएको छ । खहरे आमा समूहबाट सङ्कलित फोहर व्यवस्थापनलाई ग्रीन पार्कका अध्यक्ष सुजन गुरुङले सहयोग गर्नुभएको छ । विभिन्न सङ्घ सस्था एवं सहयोगीले फोहर सङ्कलनका लागि आवश्यक सामग्री प्रदान गर्दै आएका छन् । (तस्बीर उपलब्ध छ) रासस


१८ चैत्र २०७५, सोमबार ०७:११ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....