सरोज खनालको अभिनयमा – हावाको झोक्का

प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार ०६:४०

सर्बज्ञा वाग्ले
क्यालिफोर्निया , अमेरिका

कवि , लेखक , तथा गीतकार बिकास थापाको शब्द रचना रहेको आधुनिक गीत “ हावाको झोक्का “ नव बर्ष २०७६ को शु-आरम्भ सँगै बजारमा आउने भएको छ । बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतमा बरिष्ठ तथा लोकप्रिय गायक रामकृष्ण ढकालको कर्ण प्रिय स्वर रहेको छ भने कवि तथा निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट रहेको यो गीतको छायाँकन पनि हेमप्रभास कै निर्देशनमा तयार भएको हो ।

चार मिनेटको समय अवधि भित्रमा गीतको भाव अनुसार एउटा परिवारिक घटना क्रमलाई सुरु देखि अन्त सम्म निक्कै यथार्थ परक र कारुणिक ढंड्गले अहिलेको हामी बाँचेको समाजको यथार्थलाई जिवन्त भावमा उतारिएको छ । यस गीत भित्र बाबुको भुमिकामा बरिष्ठ नायक सरोज खनाल , आमाको भुमिकामा कवियत्री रिमा के सी , छोराको भुमिकामा सुजन थापा र छोरिको भुमिकामा सविना आचार्यको उत्कृष्ट अभिनय रहेको छ ।

यो गीत मनोरन्जनको लागी मात्र नबनि यसले अहिलेको समाजको यथार्थलाई पनि चित्रित गर्न खोजेको छ र यो गीत छुट्टै पृष्ठभुमिबाट उठेर शन्देस मुलक पनि बनेको छ । एउटा परिवारमा आमाको भुमिका कति महत्वपुर्ण हुन्छ । मातृशोक बाट बालबच्चाको मतिष्कमा कस्तो सम्म नकरात्मक प्रभाव पर्न जान्छ । मातृशोकको पीडालाई भुल्न बालबच्चालाई कति गाह्रो हुन्छ र किशोर भएपछि पनि बच्चाहरू कसरी कुलतमा फस्न पुग्छन् र अन्तमा एउटा बाबुको स्थिति कति सम्म दयनिय हुन पुग्छ त्यसलाई सजिव ढंड्गले उतारिएको छ ।

गीत भित्र मर्म स्पर्शि पारिवारिक कथा छ । हामी बाँचेको अहिलेको समाज , नियतिले मानिसलाई दिन सक्ने पीडालाई निक्कै संवेदनसिल ढंगले देखाईएको हुनाले पनि यो गीत लोकप्रिय बन्ने छ । एउटा सुखी र समृद्द परिवार पनि एकाएक कसरी बिखण्डित हुन पुग्छ । आमाको मृत्यु पश्चात मातृशोक भुल्नको लागी एउटा बालमतिष्क कसरी कुलतमा फस्न पुग्छ र त्यसपछिको पारिवारिक परिघटनाले कस्तो सम्मको बिकराल मोड लिन्छ । श्रीमतिको मृत्यु शोकमा डुबेको एउटा श्रीमान ,आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोरा छोरीको अगाडी एउटा बाबुले कस्तो सम्मको नियति स्वीकार्न बाध्य हुन्छ । आफ्नो परिवार , आफ्नो बालबच्चाको भबिष्य कस्तो बनाउँछु भनेर दु:ख गर्दै गरेको एउटा बाबुको सपनामा कसरि तुषरापात हुन्छ ।आमा नभए पछि बालबच्चा कसरी बिग्रन पुग्छन् । यो चार मिनेटको गीत भित्र एउटा पुर्ण सिनेमाको कथा बस्तुलाई समेटिएको छ ।

यस गीत यस भित्रको रहेको कथाको परिकल्पनाले आगामी दिनमा नेपालको गीत सँगितको क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गर्ने नै छ । साथै यसले नेपाली गीत संगितको क्षेत्रलाई नयाँ बाटो देखाउनको साथै बिश्वस्तरिया बनाउनको लागी पनि महत्वपुर्ण भुमिका खेल्ने छ । नेपाली गीतहरूमा बनेका म्युजिक भिडियोमा यो स्तरको कथा बस्तुको परिकल्पना , स्क्रिप्ट लेखाई , निर्देशन , अभिनय र छायाँकनको स्तरिया बिरलै देख्न पाईन्छ । तसर्थ पनि यो गीत नेपाली गीत सँगितको क्षेत्रमा उदारणिय बन्ने छ ।


१८ चैत्र २०७५, सोमबार ०६:४० मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....