संस्थागत र क्षमतागत विकासमा लाग्न आग्रह

प्रकाशित मिति: १७ चैत्र २०७५, आईतवार ०७:१३

चितवन, पत्रकारिता क्षेत्रको इतिहासलाई सम्झँदै संस्थागत र क्षमतागत विकासका लागि लाग्नुपर्ने सरोकारवाले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार यहाँ आयोजना गरेको पूर्वअध्यक्ष सम्मान एवं संस्थागत विकासको सवाल विषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलले समाज परिवर्तनसँगै पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई पनि सँगसँगै लैजानु आवश्यक रहेको बताउनुभयो । अहिलेको परिवर्तनको प्रमुख हिस्सेदार पत्रकार रहेको बताउँदै उहाँले क्षमता वृद्धि गर्दै समाजमा लुकेका कुरालाई बाहिर ल्याउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्यालले अहिलेको समयमा क्षमता र संस्थागत विकास दुवै आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अर्का केन्द्रीय सदस्य कृष्ण गिरीले पत्रकारिता क्षेत्रको संस्थागत विकाससँगै पत्रकारले समाज रूपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्वअध्यक्ष महेन्द्रराज श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी र हरिप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । महासङ्घको ६४औँ स्थापना दिवसका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।रासस


१७ चैत्र २०७५, आईतवार ०७:१३ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....