मृगौला रोग पिडित अमृत भट्टराईलाई आर्थिक सहयोग 

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार २०:४७

 ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरले आफ्नो दुबै मृगौला असफल भई अमेरिकाको क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्को शहरमा उपचारत जन्मस्थान गोरखा जिल्ला श्री भिमसेन थापा गाउँ पालिका वडा नं.१ मसेलका श्री अमृत भट्टराईलाई एक हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । अमृत भट्टराईको सहयोगका लागि गोरखा अमेरिका सम्पर्क समितिको नाममा खोलिएको गो फण्ड मि एकाउन्टमा सहयोग गरिसकेका साथीहरूले संस्थागत रूपमा सेवा गर्ने उद्देश्यले भट्टराईको उपचारमा सहज होस् भन्ने हेतुले सहयोग रकम हस्तातरण गरेका हुन् । बे एरियामा नेपालीहरूका कैयौं सामाजिक संस्थाहरू पनि खुलेका छन् । ती मध्ये धेरैको उदेश्य त्यस्तै खाले समस्याबाट परदेशको भुमिमा अचानक समस्या परेका नेपालीलाई सहयोग गर्ने नै उद्देश्य हो र सोही मुताबिक़ सहयोग पनि भईरहेको छ । गोरखा अमेरिका सम्पर्क समितिको नामबाट गरिने सहयोगको ढोका अझैपनि खुल्ला नै छ तर बे एरियामा सकृय संस्था र दिनरात खट्ने समाजसेवीहरू लाई पक्कैपनि नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरको यो पबित्र कार्य एउटा प्रेरणा र उदाहरण बन्नेछ र भट्टराईको उपचार सहयोगका लागि सबै आ आफ्नो ठाउँबाट सकृय रूपले सहयोग हुनेछ भन्ने आशा जनधारणाले लिएको छ।

१३ चैत्र २०७५, बुधबार २०:४७ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....