पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार ०५:२४

गलेश्वर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ ।

मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो ।

बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो ।

कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेश गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । पार्टीको सम्पत्ति एकीकरण तथा लेवी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदललाई चैत २० गतेभित्र प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

यस्तै पार्टीको गाउँपालिकास्तरमा भेला सञ्चालन र पार्टी एकताका विषयमा छलफल गरी राय सुझाव लिनका लागि बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मङ्गलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी धवलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगङ्गामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिनुभयो ।

विप्लब समूहका कार्यकर्ताद्वारा पार्टी परित्याग

नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका प्रेम श्रीषले स्थानीय सञ्चार माध्यममा पत्रमार्फत विप्लव समूहको कुनै पनि सङ्घ सङ्गठनको साधारण सदस्यसमेत नरहेको जानकारी गराउनुभएको हो । विसं २०५३÷५४ देखि जनमिलिसिया हँुदै उक्त समूहमा आवद्ध भएका श्रीष विप्लव समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले उक्त समूहबाट अलग भएर स्वतन्त्र नागरिकको रूपमा रहने श्रीषद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउँदै आएको सवारीसाधन प्रहरी कार्यालयमा राखेको उहाँले बताउनुभएको छ । रासस


१३ चैत्र २०७५, बुधबार ०५:२४ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....