योग केन्द्र स्थापनाका लागि महायज्ञ

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार ०५:३५

पाल्पा, बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ ।

चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको संरक्षण गर्दै योग पीठका लागि भवन निर्माण गर्ने लक्ष्य लिइएको छ ।

एक हजार मानिसले एकैपटक योग पीठमा बस्न सक्ने क्षमताको भवन निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ सञ्चालन हुने महायज्ञ सञ्चालन समितिका महासचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

महायज्ञमा कथावाचक चैतन्यकृष्ण प्रभुजीबाट महायज्ञको कथावाचन हुनेछ । महायज्ञको अवधिमा रमणेश्वर महादेव मन्दिरमा रुद्राभिषेक हवन तथा दुर्गामाता मन्दिरमा कथावाचन, श्रीमद् देवीभागवत, गीताको दैनिक पाठ, कथावाचन, गङ्गा आरती, एक लाख बेलपत्रको अर्पण गर्ने कार्यक्रम रहेको सञ्चार संयोजक मुक्तिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

महायज्ञबाट रु ५० लाख आम्दानी गर्ने लक्ष्य र रु १५ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । महायज्ञ सम्पन्न गर्न १५१ को मूल समिति गठन गरिएको छ । समितिका संयोजकमा राधेश्याम जोशी, महासचिवमा नारायणप्रसाद भट्टराई, सहसंयोजकमा कृष्ण अर्याल, रामप्रसाद ढकाल, मधुप्रसाद डुम्रे, हुमबहादुर सिंजाली, कोषाध्यक्षमा छविलाल खनाल रहनुभएको छ ।

अभिनन्दन खर्च सार्वजनिक

पाल्पाको विकासमा योगदान पु¥याउने जापानी समाजसेवी काजुमास काकीमी (ओके बाजे) को नागरिक अभिनन्दन कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरी नागरिक अभिनन्दनका लागि सङ्कलित रकमको खर्च विवरण सार्वजनिक गरिएको नागरिक अभिनन्दन मूल समितिका संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले अभिनन्दनका लागि रु दुई लाख ३३ हजार सङ्कलन गरेको थियो, जसअन्तर्गत रु दुई लाख १४ हजार अभिनन्दन कार्यक्रममा खर्च भएको संयोजक सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । अभिनन्दन कार्यक्रमबाट १९ हजार बचत भएको र बचत रकम जापानी समाजसेवी ओकेबाजेलाई नै हस्तान्तरण गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

जापानी नागरिक ओके बाजेलाई यही फागुन ३० गते तानसेनको टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो । रासस


१० चैत्र २०७५, आईतवार ०५:३५ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....