८४ बालबालिकालाई पुनःमिलन

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार ०५:२९

रोल्पा,बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो ।

परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका अहिले विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय अध्ययन गरिरहेका छन्”, सेभ द चिल्ड्रेन रोल्पाका प्रतिनिधि दिलकमल क्षेत्रीले भन्नुभयो ।

विद्यालय जान नचाहनेका लागि भने सीपमूलक तालीम दिई समाजमै पुनःस्थापना गरेको बताइएको छ । फर्निचर, हेयर कटिङजस्ता काममा संलग्न उनीहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै आएका छन् ।

बालश्रमबाट त्यसरी फिर्ता गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनमा सहयोग गरेको बताइएको छ । “मानवअधिकार सचेतन केन्द्र नामक स्थानीय गैरसरकारी संस्थाको सहयोगमा बाख्रापालन, तरकारी खेती तथा खुद्रा पसललगायतका क्षेत्रमा सहयोग गरी पुनः बालश्रममा जानबाट रोक्ने प्रयास गरेका छौँ”, हुरेक रोल्पाका कर्मचारी धरेन्द्र डाँगीले भन्नुभयो ।

जिल्लामा विभिन्न कारण विद्यालय जान नपाएका दुई हजार ५०० वढी विद्यालय उमेरका बालबालिका रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले जानकारी दिनुभयो । विद्यालय उमेरका यस्ता बालबालिकामध्ये अधिकांश गरीबीका कारण बालश्रममा संलग्न हुन बाध्य भएको बताइएको छ । रासस


१० चैत्र २०७५, आईतवार ०५:२९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....