बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार
प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार ०५:५७

जाजरकोट, जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिनुभयो ।
झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताउनुभयो । एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताउनुभयो ।
उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो ।
विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुनलागेको बताउनुभयो । जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ ।
यसैबीच नलगाड नगरपालिका–८ काव्रामा गए राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय नरबहादुर चदाराको घरबाट सल्केको आगोले देवबहादुर चदारा र लालबहादुर चदाराको घर पनि जलेर नष्ट भएको हो । घरबाट कुनै पनि वस्तु बचाउन नसकिएको स्थानीय शिक्षक नरेन्द्र केसीले बताउनुभयो । रासस
७ चैत्र २०७५, बिहीबार ०५:५७ मा प्रकाशित
सम्बन्धित शीर्षकहरु
मुख्य समाचर
सबैविद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो
दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित विपिन बुक्स एण्ड स्टेशनरीलाई विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....
वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया
पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....
आक्रमणका संदिग्ध योजनाकार पक्राउ
लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....
मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने
काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....