महिला उद्यमशीलता प्रवद्र्धनमा जोड

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०६:११

काठमाडौँ, ४ चैत  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताउनुभएको छ ।

अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन (नुसान)ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उहाँले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न नारीलाई उद्यमशील तुल्याउन अपरिहार्य भएको बताउँदै सरकारीस्तरका पनि महिलालाई आत्मनिर्भर र उद्यमशीलतातर्फ उन्मुख गराउन विविध कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिनुभयो ।

“बजारको आवश्यकताअनुसार निजी क्षेत्रले पनि कार्यक्रम बनाउनुपर्छ र सरकारले तिनलाई सहयोग पुग्ने किसिमका नीति तर्जुमा गर्नुपर्छ”, सार्वजनिक–निजी साझेदारीमा महिला सशक्तीकरण एवं उद्यमशीलता विकास हुनुपर्ने बताउनुभयो ।(रासस)


५ चैत्र २०७५, मंगलवार ०६:११ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....