प्रबन्ध सम्पादक अर्यालको निधन

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार १९:३१

चितवन, १७ फागुन चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक जीवराज अर्यालको आज निधन भएको छ । अर्यालको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा दिउँसो निधन भएको हो ।

विसं २०१९ साउन २७ गते साविक कोराक गाविसमा जन्मिनुभएका अर्याल चितवन पोष्ट दैनिकमा स्थापनाकालदेखि सक्रिय हुनुहुन्थ्यो । श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ तीन दिनअघि भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । राप्ती नगरपालिकाको वीरेन्द्रनगरका स्थायी बासिन्दा अर्यालका श्रीमती र दुई छोरा छन् । चितवन पोष्ट दैनिकका सम्पादक उहाँका दाजु धर्मराज अर्यालको गत जेठ ३१ गते निधन भएको थियो । अर्याल नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सदस्य हुनुहुन्छ । (रासस


१७ फाल्गुन २०७५, शुक्रबार १९:३१ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....