शोभराजको कैद छुटबारे परमादेश

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार २१:२९

काठमाडौँ, : सर्वोच्च अदालतले चाल्र्स गुरुमुख शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले आज गरेको फैसलामा तीन महीनाभित्र छुट दिने वा नदिनेबारे आवश्यक निर्णय लिन सरकारका नाममा परमादेश जारी गरेको हो । अधिवक्ता शकुन्तला थापाले ‘विकिनी किलर’ का रूपमा परिचित शोभराज ७० वर्ष पुगेको हुनाले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुट पाउनुपर्ने माग गर्दै गत कात्तिक १९ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

कारागार ऐनमा असल चालचलन भएका ७० वर्ष पुगेका ज्येष्ठ कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । सोही व्यवस्थानुसार सजाय भोगिरहेका विदेशी नागरिकका हकमा पनि लागू गर्न रिट निवेदनमा माग गरिएको थियो । काठमाडौँ र भक्तपुर जिल्ला अदालतले अमेरिकी र क्यानडाली नागरिकको हत्या गरेको ठहर गर्र्दै शोभराजलाई जन्मकैदको फैसला सुनाएको थियो । शोभराजले सन् २००३ देखि कैद सजाय भोगिरहेका छन् । रासस


१२ फाल्गुन २०७५, आईतवार २१:२९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....