सब इन्जिनियर बजगाइ काण्ड

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार ०६:२२

सब इन्जिनियर बजगाइ काण्ड बदनाम गराउने काम भन्दै निर्माण ब्यबसायीले निकाले बिज्ञप्ती ! दीपेन्द्र बस्नेत कञ्चनपुर फागुन ९ जिल्लाको दक्षिणी क्षेत्रको बेलौरी नगरपालिकाका सब इन्जिनियर हृदयराज बजगाइ निर्माण ब्यबसायी संग घुस लिदै गर्दा अख्तियार द्वारा पक्राउ गरिएको घटनाका बारे सम्बन्धित ठेकेदार कम्पनीले बिहीवार प्रेस बिज्ञप्ती जारी गर्दै बदनाम गराउने कार्य भएको भन्दै भत्सर्ना गरेको छ । बेलौरी नगरपालिका द्वारा वडा नम्बर ४ र ६ को सिमानामा कल्भर्ट निर्माणको जिम्मा पाएको हिल्स निर्माण सेवाबाट सब इन्जिनियर बजगाइले घुस लिदै गरेको अबस्थामा पक्राउको घटना गलत सुचनाको आधारमा अख्तियारले पक्राउ गरि आफ्नो समेत बदनाम गराउन खोजिएको प्रती भर्त्सना गर्दै हिल्स निर्माण सेवाका सञ्चालक सुभमसिंह रावलले बिहिबार बिज्ञप्ती जारी गरेका छन् ।

फागुन ५ गते कार्यालयमै सब इन्जिनियर बजगाइले सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताएका थिए । तर सो कुरा सत्य नभएको निर्माण ब्यबसायी रावलले बताएका छन् । आफ्नो निर्माण कम्पनी द्वारा निर्माण गरिएको आयोजनामा आफुले कसैलाई घुस नदिएको तर सो घटनामा म र मेरो निर्माण कम्पनीलाई बदनाम गराउने काम भएको ब्यबसायी रावलले बताए । सब इन्जिनियर बजगाइलाई कार्यालय कक्षमा घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको भन्ने हल्लामा आफ्नो निर्माण कम्पनीको बदनाम गराउन खोजिएको भन्दै बिहिवार रावलले बिज्ञप्ती जारी गरेका छन् । बेलौरी नगरपालिकाले निकालेको ठेक्का नम्बर BEL/MUN ०७४/०७५/०९ प्राप्त ठेक्का को ०७५ माघ ३ गतेनै फरफारक भइ अन्तिम बिल भुक्तानी भइ सकेको योजनामा बजगाइले फागुन ५ गते कसरी घुस लिए यो केवल बदनाम गराउने कार्य भएको ठेकेदार रावलले बताए ।


११ फाल्गुन २०७५, शनिबार ०६:२२ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....