फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार ०५:३१

सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका यादव निर्वाचित हुनुभएको हो ।

गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले १८४ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी रेणु यादवले १४७ मत प्राप्त गर्नुभयो । प्रदेश समितिको निर्वाचनमा ४०५ मतदाता थिए ।

फोरमको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ का लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २०० ले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि नयाँ समितिले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित १० पदाधिकारी मनोनित गरिने व्यवस्था छ ।

अवैध कपडासहित एक पक्राउ

प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजीकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी २६ वर्षीय कमलेश महतोलाई पक्राउ गरेको हो ।

भारतबाट स४प १२१ नंको मोटरसाइकलमा अवैधरूपले कपडा ल्याइरहेको अवस्थामा कपडासहित महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले जानकारी दिनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रवक्ता खरेलले बताउनुभयो ।


१७ बैशाख २०७६, मंगलवार ०५:३१ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....