मेरी आमा, कुकुर र नेता

मेरो जन्म तनहुँ जिल्लाको क्यामिन गाविसको नरंगा भन्ने ठाउँ हो ! हाल म धेरै ठूलो मान्छे ! मलाई हाँस्न मन लाग्छ हाँस्न सक्दिन, मन खोलेर बोल्न मन लाग्छ बोल्न पनि सक्दिन सक्दिन । म धेरै ठुलो दु:ख काटेर समाजमा देशाँ ठूलो मानिस भएकोमा मलाई खुशीको आसुँ निकाल्न मन लाग्छ तर म त्यसो गर्न पनि सक्दिन ।
मैले काठमाडौंमा घर बनाएको पनि धेरै वर्ष भैसक्यो । त्यसैले मलाई पटक्कै बाहिरको भन्न मनै लाग्दैन । त्यति मात्रै हो र ? मेरो आँफन्त आउँदा पनि मलाई मात्रै होइन मेरो परिवारलाई नै झन्झट लाग्छ । किन भने मेरा परिवार र गाउँले नातापाताहरुको त स्ट्यान्डर्ड नै मिल्दैन । हिजोआज मेरो परिवार र मैले भातलाई भुजा भन्छौ । गाउँले पाखेहरु भात पो भन्छन् । हामी अाइस्यो भन्छौ । उनिहरु आउनुस भन्छन् । हामीहरु भोटे कुकुरको बेलायती नाम दिएर अाइस्यो टोनी भन्छौ । लाज नभएका गाउँले त च्यै काल च्यै भन्छन् । कस्ता पाखे, त्यसमा पनि मेरो आफ्नै आमा जन्म दिने आमा आउँदा त टेन्सनै हुन्छ । न त लगाउनै आउछ नत खानै, मैले त मेरा धेरै साथीहरुसँग सि इज माई सर्भेन्ट भनेको छु ! लुजा जे-जे पर्ला पर्ला ? परेको टर्ला ।
फेरि मेरी श्रीमती तिरको नातापाता आए भने मलाई असाध्यै चाख लाग्छ । किनभने उनिहरुलाई सबै बजारिया सिस्टम थाहा छ । मलाई पनि उनिहरुले नै यसरी पाइन्टवाट साडिमा मोडेर मोडेल नै बनाईदिए । आज म जे छु ससुरालिकै आशिर्वादले छु । म भोली जे हुन्छु ससुरालीकै आसिर्वादले हुन्छु । पर्सी मेरा सन्तान जे हुन्छन ससुरालीकै आसिर्वादले हुन्छन् ।
अचानक मेरी आमालाई विसञ्चो भएर घरमा ल्याए के गर्ने भन्ने मलाई त टेन्सनै भयो । फेरि पाखेहरु आमाको निहुँ पारेर भेटन र हेर्ने निहुमा आउन थाले । त्यसैले मैले आमालाई दिसा-पिसाब बन्द कोठाँ कठोरै भएनी बस भन्दै उनको ढोका बन्द गरें । तर मेरो कुकुर टोनिलाई भने बिहान -बेलुका म आँफैले डुलाउँन्थे र घुमाउँथें पनि ज्यांगो भोटे कुकुरलाई बल्ल बल्ल निकाल्दा मलाई गर्व लाग्थ्यो । तर, बिरामी आमा बाहिर निस्किन भने हप्काएर भित्रै राख्थ्यौ । ” लाज नभएकी वुढी ! त्यस्तो पहिरनाँ डुगं-डुगं गनार के वना हुलीया हँ ?”
एकपटक के भयो भयो अचम्मै भयो लाजले मत भुतुक्कै भएँ मैले छाक छोडेको दश,बाह्र दिन भयो मलाई त खाना खान बस्यो घुँक्क घुँक्क हुने पटक्कै खानै रुचेन हाम्रो घरको परिवारलाई पनि सम्झाउन खोज्छु ! आँफैलाई थाम्न सकिन हामी सबै समवेदनामा थियौ दु:खको कुरा त कसैले पनि हामीलाई समवेदना दिएनन तर आज अचानक रुनै पर्ने दिन आयो, आसुँ निकाल्न खोज्छु पटक्कै आउँदैन ! आउँदै आउदैन । ज्यान छोडेर डाको छोडेर रुन खोज्छु सबैलाई संकेत गरें आज रूनै पर्छ भने तर कसैको आँखाबाट आसुँ झरेन झर्दै झरेन । त्यो जाबो कुकुर मर्दा दश बाह्र दिन कसैले खाना खाएनन् । आफ्नो पनि पटक्कै मन मानेन । आज मलाई जन्म दिने आमा मर्दा रुन पर्ने भयो र रून खोजे आसुँ आउँदैन लडन खोज्दा पनि शरिरले साथ दिएन । छाक छोडन पर्ने बाध्यता भयो झन भोक लाग्छ बा, के भयो मलाई आमा भन्दा पनि कुकुर – मर्दा झन झन मन बुझाउन सकिन कसैले त थाहा पाएन हँ ?
हुन त आफुलाई भगवान मान्दा झै मान्ने कैयौ साथीहरु मर्दा त लिडर महाशयलाई चिन्ता हुँदैन । बरु निर्जिव कुर्चिको चिन्ता हुन्छ । त्यत्रो कैयौ पुस्तकओ लगानी र लाखौं साथीहरुको त्याग र बलिदानले ल्याएको प्रजातन्त्रको त चिन्ता हुँदैन । राष्ट,राष्टियता र जनताको त चिन्ता हुँदैन । आफूलाई भात ख्वाएर पाल्ने साथी मर्दा नरुने नेता, आफ्नो एउटै थालॉ दिन रात साथ दिएका साथीहरुले घर छोडेर भौतारिदै हिँडदा त चिन्ता हुदैन । विश्वमा प्रजातन्त्रको लहर चलेको बेला भन्दैमा आफ्ना स्वार्थका लागि देश जनता र संसारको अगाडि लाजै नमानी ताज पहिरिदिने मुलुकाँ । आँफै कुर्ची समाति रहनु पर्ने मुलुकाँ जुलूस निकाल्न के को आईतवार ? मुलुक अगाडि वढोस या खाल्टाै जाकियोस अथवा छिमेककै हालिमुहाली जता जता अड्कन्छ फाली त्यतै हलो र गोरूको पाली कुनै समकक्षी खेमाँ अटकाई दिन्छु हलो रूख ठुटो, वुटो,ज़रा जे-जे भेटिन्छ ते मा । यो हाम्रो राजनीतिकों चलन चलाऊन हाम्रा पोलिटिक पण्डित आफु पनि सुधारत नहुने र गर्नेको पनि विश्वास नगर्ने महाशयको अगाडि मलाई के को लाज मेरो मोह त आँफैले पालेको कुकुरको पो, त्यो जन्म दिने आमा, हुर्काउने आमा भनेको त के हो र ? ए वल्ल कुरोको चुरो मैले वुझें आमाले मलाई पालेकाले माया गरेकी रहिछन् । जनता र कार्यकर्ताले नेतालाई पालेकाले माया गरेका रहेछन् । मैले कुकुर पालेकाले माया गरेको रहेछु हैन त हजुर ?
सर्बज्ञ वाग्ले
२ बैशाख २०७६, सोमबार ०६:०३ मा प्रकाशित