नेपालको अस्मितामाथी धावा बोल्ने माथी लाठी र बुट बजार्न किन कामिरहेका छौ ??

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार ०४:०९

निर्मला पन्तको पोस्टर च्यात्दै हिड्ने बर्दिधारीहरु हो देशको स्वाभिमान नै टुक्राटुक्रा हुने गरि गरिएको यो नाङ्गो नाचले चै अन्तर्राष्ट्रिय रूपमा मुलुकको शिर कति उचो होला ?? निर्मलाको पोस्टर च्यातेर अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश जानबाट रोक्ने बहादुर जागीरेहरु हो तिम्रा आँखा अगाडि महान बैज्ञानिकका चेलाहरुले स्वतन्त्र मधेसका झण्डा र ब्यानर सहित उत्सब मनाईरहदा अखण्ड नेपालको सार्बभौम कति बलियो र उचो भयो ?? देशलाई बिखन्डन र पृथकताबादि हर्कत गरिरहेका सिके राउत यदि गल्तिको प्रायश्चित गर्दै माटोको कसम खादै लोकतान्त्रिक मुलधारमा आए भन्ने खबरले हौसिएका हामी र प्रधानमन्त्रीको राजनीनैतिक सफ़लता ठान्ने म जस्ता लाखौंलाख जनताहरु जब ११ बुदे सहमति पश्यात सतहमा देखिएका आ आफ्नै अनुकुल ब्याख्या र विशेषत : सिके राउतको सामाजिक संजालमा आएको अभिव्यक्ति र उनका चेलाहरुले गरेका हर्कतहरुले कुन नेपालीको स्वाभिमानमा ठेस नपुग्दा ??

ठोकेर , पेलेर वा बन्दुकले समस्याको साबधान निकाल्न खोज्नु भन्दा सहमति र सहकार्य हजारौं गुणा फलदायी हो भन्दै सकारात्मक परिणामको लागि अदालतसंगको आपसी समझदारीलाई पनि प्रधानमन्त्री कार्यकुशल भन्दै प्रसंशा गरिएको एक दिन बित्न नपाउदै मधेसका आकाशबाट काला बादलहरु ठेलमठेल गर्दै स्वाभिमानी नेपाली र नेपाल आमाको आस्थालाई चिथोर्न लागिपरेका छन तरपनी दुई तिहार सरकार सहमति बिपरित गरिएका क्रियाकलापको मुक दर्शक बन्दै उल्टो सुरक्षाको खातिर सुरक्षाकर्मी तैनाथ गर्छ आबश्यक परे मन्त्री पनि बनाउन सकिन्छ भन्दै प्रधानमन्त्री आफ्नै नेताको उछितो काट्न समय खर्चिछन अनि हनुमानहरु भिम रावलले पद नपाएर भुकेको हो भन्दै ओलिभक्ती गाइरहन्छन । भारतीय नाकाबन्दीबाट उदाएका केपि कुन्नी के … जातीलाई घ्यु पच्दैन भने झै सिके काण्डबाट अस्ताउन चाहेका हुन त ? बिकास र समृद्धिको नारा घन्काएर जनतालाई तरङ्गित पारेका के पि काकाले के सिके राउतलाइ समाजबादको बैज्ञानिक पाइलट बनाउन मुलुकको अस्मितामाथी धाबा बोल्ने छुट दिएका हुन ??

के स्वाभिमान रातारात चिथोरिएको हो त ? के मुलुक र माटो भन्दा आफु र आफ्नो पद बलियो ठान्ने प्रधानमन्त्री के पिको अहंकारले स्वतन्त्र मधेसको झण्डा र ब्यानरलाई पनि सुर्य अन्कित लाल झण्डा देख्यो ?? ११ बुदे सहमतिले हौसिएका सिकेहरुलाई बेलैमा लगाम नलगाउने हो र उनिहरुकै शब्दमा भने झै सरकारले जनमत संग्रह गर्न आन्तरिक सहमती गरेको हो भने यो भन्दा ठूलो देशद्रोह के हुन सक्ला ? शान्तिपूर्ण आन्दोलन गर्ने चेलीबेटी , बिद्यार्थी , नागरिक समाज र शिक्षकमाथी दमन गर्न उत्साहित हुने बर्दिधारी जागिरेहरु हो के तिम्रो हिम्मत मक्किएको हो वा बाधिएको हो कि ?? किन टुलुटुलु हेरिरहेका छौ ?? केही पैसा र सुबिधाको लागि त बफादार हुने हाम्रा नेपाली दाजुभाइहरु चाहे भारतमा होस वा सिङ्गापुरमा होस वा बेलायतमा होस उनिहरु बैरीमाथी जाईलाग्छन भने यो त हाम्रै भुमी हो हाम्रै जननी हो हाम्रै माटो हो … नेपाल आमाप्रती गद्दार गर्न बोकिएका ब्यानर र झण्डा खोसेर किन लाठी र बुट बजार्न कामिरहेका छौ ? देशकै अस्मितामाथी धावा बोल्ने माथी सुरक्षा हैन जिब्रो काटिदेउ हात भाचिदेउ र भनिदेउ –
जननी हाम्री आमा हुन ।

एक नारायण पौडेल
भमनपा बाड न १३ चितवन


११ चैत्र २०७५, सोमबार ०४:०९ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....