“यसकारण प्रधानमन्त्री ओलीलाई नोबेल पुरस्कार”

तिलक घिमिरे (निर्मल) – नेपालको अत्यन्तै बिकट तेह्रथुम जिल्लाको आठराइमा एक गरीब परिवारमा जन्मेर बाल्यकाल देखी नै सु-सन्स्कृत अनि सभ्य समाज निर्माणको लागी आफ्ना ब्यक्तिगत र पारिवारिक मोह त्याग गरी जिवनको लगभग सबै समय देश र जनताको हित कसरी गर्न सकिन्छ भनेर लागी परेका बर्तमान नेपालका सिद्द हस्तिपुरुष एबम सम्मानानीय प्रधानमन्त्रीलाई धेरै अगाडी नै नेपालको बिकाश गर्न सकने एक महान नेताको रुपमा मैले ‘बोधिबृक्ष ‘ सँग तुलना गरी एक कृती लेखेको थिए । मैले आजसम्म कुनै पनि ब्यक्तीको महिमा गाएको छैन । तर आज जसरी बोधिबृक्षले बिचलनमा आउनै लागेका नेपालीजनको हृदयमा रास्ट्रप्रेमको भाव दर्साइदिए अनि टुकृन लागेको नेपाली मन मस्तिस्कमा ‘बसुधैव कुटुम्बकम’ भावना सृजित गराइ मुलुकलाई सम्प्रदायिक द्वन्द्ध हुनबाट जोगाउने काम गरे , त्यसलाई एक महान हस्तीको रुपमा म उनलाई बुझ्दछु ।
जतिबेला छिमेकी ले हाम्रो नुन तेल ल्याउने बाटो बन्द गरी हामिलाई उकुसमुकुस बनाएरहेको थियो, त्यसबेला कोही नेताजीहरु ऐस-आरम का साथ मस्त घुर्दै निदाइरहेका बेला उनि भिन्न आस्था र फरक बिश्वाश बोकेका सयौ थुङ्गा फुल हरुलाई समेटेर उनले जसरि सरा नेपालीजनलाई एउटै मालामा उनेर सबैभन्दा पहिला आफु जन्मेको धर्ती भनेको आमा हो र हाम्रो प्रमुख दायित्व भनेको हाम्रो आमालाई सकस पर्दा बलिदान गर्न पनि पछी नहटी सङघर्शको मैदानमा जसरि उनि सदियौ देखी खटिरहेका थिए, ठिक त्यसै गरी अहोरात्र खटेर हाम्रो देशलाई फिजी वा सिक्किम जस्तो औपनिबेसिक र अन्त मा बिलय हुनबाट जोगाउन महत्वपुर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण, उनि असाधरण क्षमताका ब्यक्ती हुन सिद्द भैसकेको छ । यस अघीको नौ महिने कार्यकालमा उनले सुरु गरेका ‘निड बेस डेभलेप्मेण्ट’ अनि दिर्घकालिन महत्वका बिकाशका प्रायसको कारण पनि उनको खाचो रास्ट्रलाई परेको भान सारा जनमानसमा भित्री रुपमा परेको कारण नै हो उनको नेतृत्वमा दक्षिण यसिया कै सबैभन्दा बढी लोकप्रिय राजनैतिक दल साबित भइ यसिया कै दोस्रो बलियो मेजरिटीको सरकार बन्न सफल रह्यो । यो अवस्था इतिहास मै न कुनै दल ले ल्याएका थिए, न त कुनै दिन अरु कसैको नेतृत्वमा सम्भव नै छ ।
हो आज ति नै बोधिबृक्ष को बिरुवा एक बयस्क रुख भ इ सगरा नेपाली जनताहरु लाई शितलता प्रदान गर्न तल्लिन छ । बाल्यकाल देखी नै उसले समाजमा रहेको बिसँगती र बिकृतीहरु लाई भण्डाफोर गर्दै गाउ कै समान्ती तत्वहरुका बिरुद्ध सुरु गरेको निस्ठाको लडाइ आज जिवनको यो कालखण्ड सम्म आइपुग्दा सम्म लडिरहेका छन । राम्रो काम गर्दा जनताहरुको सहयोग, सद्भाव एबम पपुलारिटी बाट छट्पटिएका एकातिर समान्ती सस्कार बोकेकाहरु र अर्का तर्फ आफ्नै भनाउदाहरु ले उनको सत्य प्रतीको त्याग र समर्पणबाट अत्तलिएकाहरुले उनको सुवाशित छबीलाई धमिल्याउने अनेकौ हथ्कण्ठा बिगत देखी हाल सम्मै नअपनाएका हैनन ।हाम्रो जस्तो देश मा एक युग मा एक पटक मात्र जन्मने यि जस्ता महान जननेता न पहिला जन्मेका नै थिए न त पछी नै जन्मने नै छन जो कहिल्यै आफ्नो स्वार्थमा लिप्त भो न त पारिवारिक मोह ले कतै छोयो नै । जिवन को कयौ बर्श बर्गिय मुक्तिका लागी जेल मेल खेपेका उनि नेपाली इतिहासकै एक होनहार र नेपाली आमाको एक सच्चा सपिर हुन । तर जो सत्यमा छ, उ कहिल्यै बिछिप्त हुन्न भन्ने दरिलो उदाहरण पेस गरेको कारण र तपशिलामा उल्लेख कामहरु उनको बागडोर सम्हालेका दिन देखी आजका दिनसम्म गरेका कामले नै हो आज उनलाई आज बिश्व ले ध्यान दिदै छ, केवल एक साल को छोटो अबधीमा केपि ओलि नेतृत्वले गरेका मुख्य मुख्य कामहरुको फेहरिस्त यस प्रकार रहेको छ:-
१. संविधान कार्यन्वनका लागि आवश्यक कानुनहरु तिब्र गतिमा निर्माण भैरहेको ।
२. निर्माणाधिन बाहेकका सडकहरु स्तर उन्नति तीब्र गतिमा अगाडी बढ्दै
३. मेलम्ची खानेपानी आयोजनालाइ तीब्र गतिमा अगाडी बढ्दै, सम्म्पन्न हुनै लागेको
४. भारतसँग बार्ता गरी बर्षायाममा तराइ मधेशमा डुबानको समस्या हलहुने अवस्थामा अग्रसर ,
५. योगदानको आधारमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नु
६. अनुभब लिएर बिदेशबाट फर्किएका युवाहरुलाई दश लाखसम्मको सहुलियत कर्जा दिनु ,
७. महिला उद्यमीहरुलाइ सात लाख कर्जा दिनु ,
८. सर्टिफिकेट धितोमा पाच लाख कर्जा दिनु ,
९. उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट कारखाना खुलाउनु र नाफामा चलाउनु ,
१०. ठुला आयोजनालार्इ समयमा सम्पन्न गर्न तदारुकता देखाउनु ,
११. कुटनीतिक क्षेत्र र अन्तराष्ट्रिय फोरममा देशको उपस्थितिलाइ बलियो बनाउनु, अमेरिकालाई नेपाल नीति फेर्न सहमत गराउनु,
१२. राजस्व संकलनमा ४२ प्रतिशतले बृद्बि गर्नु
१३. सिन्डिकेट बिरुद्दको अभियान चलाउनु ,
१४. बिमानस्थलको सेवा र ब्यबस्थामा उल्लेख्य सुधार गर्नु ,
१५. सुरक्षित बैदेसिक रोजगारिको लागी नेपाल जापान श्रम सम्झौता गर्नु
१६. पोखरा बुटवल अन्तर्राष्ट्रिय विमान स्थलको काम तिब्र रुपमा अगाडि बढ्नु
१७. भारतसँग बिद्युत संझौता, नेपाली आयोजनामा भारतीय लगानी हुनैपर्ने अडानबाट भारत फिर्ता हुनु ।
१८.नेपाललाई ल्याण्डलक कन्ट्रीबाट ‘ल्याण्डलिङ्क’ कन्ट्री बनाउनु ।
१९. निजगढ दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण द्रुत गतीमा अघि बढाउनु, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र पोखराबिमानस्थलकने निर्माण अति तीब्र गतिमा अघि बढाउनु ।
२०. काठमाडौ-केरुङ रेल्वेको डिपिआर तयार, प्रतिवेदन चिनिया टोलीले बुझायो
२१. एक सय रुपैया भन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध
२२. प्रदेशबाटै श्रम स्वीकृती दिन थलियो
२३. काठमाडौंको लागि मोनोरेल डिपिआरका लागि चीनिया कम्पनीसग सम्झौता
२४. मोतिहारी-अम्लेखगन्ज (नेपाल-भारत) पेट्रोलियम पाइपलाइनको कामको १२. २ किमि मात्र बाकी
२५.नेपाल र मलेसियाबीच श्रम सम्झौता
२६. तातोपानी नाका बैशाख १५ बाट पुनः सञ्चालन हुँदै
२८. जयनगर बर्दिबास रेल्वे अन्तर्गत जयनगर-कुर्था-जनकपुर) रेल (३५ किमि) तत्काल सन्चालनको लागि रेल किन्न यथेस्ट बजेट विनियोजन
२९. कर्मचारी समायोजन अध्यादेश जारी भइ कर्मचारी मिलान गरिएको
३०. समृद्धि सुचाङ्क मा नेपाल १२ स्थान अगाडि उक्लिएको
३१. चीनसंग पारबहन सम्झौता गरी ब्यापारको सुखद सुरुवात
३२. बिराटनगरको भारतीय कन्सुलरको फिल्ड अफिस हटाउनु ,
३३. १९५० को सन्धी पुनरवलोकन गर्न पहल गर्नु ,
३४. देशको अर्थतन्त्र बलियो बनाउन पहल गर्नु ,
३५. जमिन र सेयर बजारमा रहदै आएको कृत्रिम मुल्य बृद्बि (अनुउतपादक क्षेत्रको) लाई सहि बाटोमा ल्याउनु ,
३६. आर्थिक वर्ष २०७५-७६ मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अनुरुप आर्थिक क्रियाकलाप तदनुरुपले विस्तार हुँदै गएको छ । यो वर्ष घटीमा पनि ७ प्रतिशतको आर्थिक बृद्धि भई लगातार उच्च आर्थिक बृद्धि भएको तेस्रो वर्ष हुनेछ । अन्तर्राष्ट्रिय निकायहरुले नेपालको आर्थिक वृद्धि कहिल्यै पनि ५ प्रतिशत भन्दा माथि अनुमान नगरेकोमा यो आर्थिक वर्ष ६.५ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरेबाट मुलुक उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेको स्पष्ट छ ।
३७. चालू आर्थिक वर्षको पहिलो चार महिनामा औद्योगीक वस्तु र निर्माण सामाग्रीको आयात ४१ प्रतिशतले वृद्धि भएको छ । यसबाट नेपालमा उत्पादनमूलक उद्योगहरुको विस्तार हुँदै गएको संकेत मिलेको छ ।
३८. त्यस्तै २०७५ कार्तिक मसान्तसम्ममा कम्पनी रजिष्टार कार्यालयमा कम्पनी दर्ताको संख्या २२ प्रतिशतले वृद्धि भई ९२२४ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी दर्ता संख्या ७५४५ मात्र रहेको थियो । यसले व्यवसायिक वातावरण अनुकुल हुँदै गएको देखिन्छ ।
३९. सन् २०१८ को नोभेम्बर महिनासम्म हवाई मार्गबाट हुने विदेशी पर्यटक आगमन संख्या १७ प्रतिशतले वृद्धि भई १० लाख १ हजार पुगेको छ । स्थल मार्गबाट आउने पर्यटक समेत जोड्ने हो भने सन् २०१८ मा नेपाल आउने पर्यटक १२ लाख पुग्ने र समग्रमा २३ प्रतिशतले बढ्ने संभावना छ । यो हालसम्म कै उच्च आगमन हो । सन् २०१७ को नोभेम्बर महिनासम्म पर्यटकको आगमन ८ लाख ५७ हजार मात्र रहेको थियो ।
४०. यो आर्थिक वर्षको पहिलो चार महिनामा विप्रेषण आय ३६.४ प्रतिशतले वृद्धि भई रु ३१२ अर्व पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा विप्रेषण आय १.४ प्रतिशतले घटेको थियो ।
४१. चालू आर्थिक वर्षको पहिलो चार महिना सम्ममा सरकारी खर्च १९ प्रतिशतले बृद्धि भई रु २४५ अर्व पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी खर्च १७ प्रतिशतले बढेको थियो तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको खर्च कटाउने हो भने अघिल्लो वर्षको सरकारी खर्च बृद्धि १२.०५ मात्र थियो ।
४२. यो अवधिमा सरकारको राजस्व ३० प्रतिशतले वृद्धि भई रु २५४ अर्व पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व रु १९५ अर्व मात्र रहेको थियो ।
४३. नेपाल सरकारले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आन्तरिक ऋण उठाउनु परेको छैन, जबकि गत आर्थिक वर्षको पहिलो चार महिनासम्म तत्कालिन सरकारले रु १०४ अर्व आन्तरिक ऋण उठाई सकेको थियो ।
४४. २०७५ साल मंसिर मसान्तसम्म विदेशी सहायताको प्रतिबद्धता रु १ खर्व १२ अर्व पुगेको छ । गत वर्षको मंसिर महिनासम्म विदेशी सहायताको प्रतिबद्धता रु ४३ अर्व मात्र रहेको थियो ।
४५. यस वर्षको मङसीरसम्ममा कर राजस्वको वृद्धिदर ३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा १३ प्रतिशतको मात्र बृद्धि रहेको थियो ।
४६. अन्तराष्ट्रिय मञ्चमा नेपालको छवी असाधारण रुपमा बृद्धि गर्नु, नेपाल हेर्ने नीतिपरिवर्तन गर्न सवैजसो शक्तिराष्ट्रलाई बिवश बनाउनु
४७.पृथकताबादी अभियान सन्चालन गरिरहेका समुहलाई गलत कृयाकलापको अन्त्य गर्न र मुलधारको प्रतिस्पर्धात्मक राजनितिमा ल्याउन स्मार्ट पहल गरी बर्षउ देखी को समस्या समाधान गर्न सफल ।
हाम्रो राजनैतिक सस्कार यस्तो दरिद्र मानसिकताले ग्रसित भएको छ कि, सत्तामा छउन्जेल हालका प्रतिपक्षहरु कुर्सीमा लिसो झै टासिने बाहेक मुलुकमा अरु कुनै समस्या देखेनन, न त उनिहरुका भजन मण्डलीका हनुमानहरुले नै कुनै समाजिक इस्स्यु देख्न सके । सत्ताबाट निस्केको भोलीपल्टै उनिहरुमा रास्ट्र्प्रेमको भावना अटोमेटिक जागृत हुन्छ । सबै समस्याहरु को मुख्य कारण आफु सत्तामा हुँदा भएको कुरा चटक्कै बिर्सन्छन । हो हामी मा भएको न्’यारो कन्सेप्ट’ भनेकै यही हो । अनि कोही कोही मान्छेहरु जो खोल चाही आफ्ना ओढेर निहित स्वार्थ पुरा गर्न नपाएको कारण अर्कैको गित गाउने दुखी आत्माहरु भनेका रास्ट्रको भाइरस हुन तथा यसलाई अङ्गुर खान नपाएकाले अमिलो भनेको जस्तै हो । उनिहरुको देवल समय मै भत्काउन सबै मिली सहयोग गरेर यो पुर्ण ५ बर्ष सम्म उनलाई काम गर्न दिएमा हाम्रो मुलुक पक्कै पनि दक्षिण यसियाको सबैभन्दा ‘पर क्यापिटल इन्कम’ भएको मुलुक हुने पक्का छ र हामी जस्ता बाध्यताले परदेशिएकाहरु स्वदेश फिर्ता हुने क्रम बढ्दो छ ।
यो आलेख त्यसै लेख्न गैरहेको छैन । राजनितीलाई खासै चासो नभएता पनि बर्तमान प्रधानमन्त्रीले गरेका र सबैले देख्ने गरी माथी उल्लेखित बुदागत तथ्य र “राम्रो लाई राम्रो भन्नै पर्दछ” भन्ने मुल आशयका साथ मैले परदेशबाट नै यो लेख लेखेको हु जुन तथ्यहरुबाट उनलाई नोबेल पुरस्कारको हकदार हुने दरिलो आधार खडा भएको छ , जसरी दक्षिण अफृका नेल्सन मण्डेलाको नेतृत्वमामा स्वतन्त्र भयो, आङसाङ सुकीको त्याग मा म्यानमार , कैलाश सत्यार्थी र मलायाको अभियानमा भारत र पाकिस्तान ले नोबेल पुरस्कार पाएका थिए, ठिक त्यसै गरी ओलि कै नेतृत्वमा हाम्रो मुलुक लाई एकताबद्द बनाउन र गरीब रास्ट्रबाट एक बिकाशसिल देशको रुपमा डोहोर्याउन जसरी महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन, जुन कुराको महत्व हालसाल नोबेल पुरस्कार जितेकाहरुको योगदान भन्दा कुनै हिसाबमा कम छैन र जुन कुरा नोबेल पुरस्कारको लागी बलियो आधार निर्माण भैसकेको छ । यो अभियान मेरो मात्र हैन, यसलाई जती सक्दो बढी भन्दा बढी जनमानसमा पुर्याउन र सम्पुर्ण नेपालीहरुका तर्फबाट सरकारले नोबेल पुरस्कार फाउण्डेशनमा सिफारिस गर्न आवस्यक छ ।
११ चैत्र २०७५, सोमबार ०३:५३ मा प्रकाशित