बेरोजगारी समस्या अन्त्य गरिन्छ : मन्त्री पण्डित

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार १७:४३

लहान, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार मुलुकमा रहेको गरीबी र बेरोजगारी समस्या अन्त्यका लागि ध्यान केन्द्रित गरेको बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले जनताको मुख्य दुश्मन गरीबी भएकोले सरकार गरीबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित छ भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको विभिन्न योजना गाउँगाउँमा पुग्न थालेकाको उल्लेख गर्नुहुँदै मन्त्री पण्डितले अबको चार वर्षमा विकास निर्माणले एउटा गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड क्लब पर्साले डाँगी हाट फुटबल क्लब बेलवारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख २२ हजार नगद र उपविजेताले नगद रु एक लाख ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि आजै मन्त्री पण्डितले गोलबजार नगरपालिका–३ लालपुरमा एकीकृत नमूना दलित बस्तीको उद्घाटनसमेत गर्नुभएको थियो । सङ्घीय सरकारको समृद्धि कार्यक्रमअन्तर्गतको रु एक करोड १० लाखको लागतमा उक्त वस्ती निर्माण हुने जनाइएको छ । रासस


१० चैत्र २०७५, आईतवार १७:४३ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....