शरीरमा भएको तिल कोठीको शुभाशुभ फल जान्ने हो त ? पं रामबाबु लुईटेल

मानिसको शरीरको कुन कुन ठाउंमा तिलकोठी छ यसको आधारमा पनि शुभाशुभ फलहरु हुन्छ । ति निम्नानुसार व्याख्या गरिन्छ ।
हातको बुढीऔंला वा त्यसको वरिपरि तिलकोठी भएमा त्यस्तो मानिस बढी हिंडने हुन्छ ।
तर्जनी (चोरऔंला) वा त्यसको वरिपरि तिलकोठी भएमा रिष, डाहा, द्वेष गर्ने तथा धनी हुन्छ ।
मध्यमा (माझीऔंला) मा तिलकोठी भएमा त्यस्तो मानिस शान्त स्वभावको तथा सुखी हुन्छ ।
अनामिका (साहिंलीऔंला) मा तिलकोठी भएमा त्यस्तो मानिस लक्ष्मी र विद्यामा धनी हुन्छ ।
कनिष्ठिका (कांछिऔला) मा तिलकोठी भएमा त्यस्तो मानिस धन र पुत्रले युक्त हुन्छ ।
हत्केलामा तिलकोठी भएमा त्यस्तो मानिसले निरन्तर धन प्राप्त गर्दछ ।
स्त्रीको हातमा तिलकोठी भएमा ति पतिब्रता हुन्छिन ।
जुन ब्यक्तिको तल्लो ओठमा तिलकोठी भएमा त्यो ब्यक्ति ज्यादै कन्जुस हुन्छ ।
माथिल्लो ओठमा तिलकोठी भएमा धन सम्पत्ति प्रशस्त कमाउने हुन्छ ।
नाकको टुप्पोमा तिलकोठी भएमा त्यो शुभ फलदायक हुन्छ ।
त्यही तिलकोठी नाकको सिरानमा भएमा त्यो ब्यक्ति बोलिचालिमा सिपालु हुन्छ ।
दाँया गालामा तिलकोठी भएमा त्यो ब्यक्ति झुठो बोल्ने हुन्छ ।
चिउंडोमा तिलकोठी भएमा त्यो ब्यक्ति गुणी तथा विद्वान हुन्छ ।
कालो रंगको तिलकोठी धनी तथा दिर्घायुको परिसूचक मानिन्छ ।
स्त्रीको गालामा तिलकोठी भएमा उनी कामबासनामा लिप्त हुन्छिन्, छातीमा तिलकोठी भएमा पुत्रवती हुन्छिन् । स्त्रीको मुखको वरिपरि तिलकोठी भएमा त्यो स्त्री बुद्धिमानी हुँदिनन्, भने सुत्केरीको समयमा समेत कष्टको सामना गर्नुपर्ने हुन्छ र त्यसैको असरले कुनै रोग लाग्ने हुन्छ ।
जुन व्यक्तिको निधारको दाहिने तर्फ तिलकोठी भएमा धनसम्पत्ति प्रशस्त कमाउने हुन्छ ।
व्यक्तिको आँखामा तिलकोठी भएमा त्यसव्यक्ति नेता तथा प्रमुख अधिकारी वा ऊच्चपदस्थ हुन्छ ।
टाउकोमा तिलकोठी भएमा त्यस व्यक्तिले प्रत्येक ठांउमा इज्जत तथा प्रशस्त फाईदा पाउने हुन्छ । बाँया छातीमा तिलकोठी भएमा ब्यापार ब्यवसायमा कम लाभ प्राप्त गर्नेछ ।
व्यक्तिको गालामा तिलकोठी भएमा त्यस व्यक्तिको पत्नी राम्री हुन्छ ।
व्यक्तिको कानमा तिलकोठी भएमा त्यस व्यक्तिले प्रशस्त गहना लगाउन पाउने हुन्छ ।
व्यक्तिको गर्धनमा तिलकोठी भएमा स्त्री सुख प्राप्त गर्नेछ ।
व्यक्तिको दाहिने छातीमा तिलकोठी भएमा त्यसले राम्रो स्त्री पाउने हुन्छ ।
व्यक्तिको खुट्टामा तिलकोठी भएमा त्यसले विदेश विदेश भ्रमण गर्नुपर्ने वा विदेश गमन राम्रो हुन्छ ।
व्यक्तिको जाँघमा तिलकोठी भएमा त्यसले सवारी सुख प्राप्त गर्दछ ।
निधारमा तिलकोठी भएमा मालिकले दिएको काम नगरेर मलिकको भावना मात्र हेरिरहने हुन्छ ।
आँखामा भएको तिलकोठीले परस्त्रीगामीको संकेत गर्दछ ।
पुरुषको गलामा भएको तिलकोठीले राम्रो शोभायमानको संकेत गर्दछ, भने स्त्रीको गालामा भएको तिलकोठीले सौभाग्यवतीको संकेत गर्दछ ।
तल्लो ओठमा भएको तिलकोठीले लोभी हुने संकेत, घांटीमा भएको तिलकोठीले परम्भक्तको संकेत हो ।
जाँघमा भएको तिलकोठीले रसिक हुने संकेत गर्दछ । समग्रमा भन्दा : स्त्रीहरुको देव्रे तर्फको भाग र पुरुषहरुको दाहिने अंगमा भएका तिलकोठीहरु शुभदायक हुन्छन् । (स्रोत: हस्त रेखा रहस्य)
१३ असार २०७६, शुक्रबार १८:५४ मा प्रकाशित