समाचार

बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी
लन्डन, बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ । बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त..

चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु
बेइजिङ,चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ..

शहरी सेवा सुधारका लागि विश्व बैंकले १० करोड डलर दिने
ढाका, बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ । ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष..

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो
नयाँ दिल्ली, भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्वद्ध ती पेजहरू हटाएको हो..

सुख्खा मौसमका कारण ५० हजार प्रभावित
कोलम्बो, श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् । देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन देखि सुख्खा मौसम रहेको छ । सवै भन्दा धेरै भाभुनिया र जफ्नाको उत्तरी भाग, पुट्टालाम, केगाल्ले, माटालेलगायतका ठाँउ..

श्रीलङ्काका क्याप्टेनद्वारा क्षमायाचना
कोलम्बो, श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गर्नुभएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उहाँलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो । उहाँको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते..

प्रहरीको चिकित्सक टोली बारा र पर्सामा
काठमाडौँ, बारामा आएको हावाहुरीका कारण गम्भीर घाइते भएका थप दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । अहिलेसम्म शिक्षण अस्पतालमा नौ जना घाइतेको उपचार भइरहेको छ । बारा परवानीपुर गाउँपालिका–८ का १० वर्षीय नुरमोहम्मद अन्सारी र बारा कलैयाका सुनितादेवी..

स्वास्थ्य शिविर
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ को बडैपुरमा सोमबार एकदिने महिलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीमदत्तनगरपालिका–१३ वडा कार्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा महिलाको तल्लो पेट दुख्ने, आङ खस्ने, पाठेघरसम्बन्धी सेवा दिइएको थियो । शिविरबाट एक सय महिलाले..

प्रदेशसभाद्वारा दुःख व्यक्त
हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै..

बारमा प्रगतिशील समूहका अध्यक्षको अग्रता
काठमाडौँ, कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिनुभएको छ । झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता..