कनेटिकेट नेपाली समाजमा नयाँ नेतृत्वको चयन

केपी भट्ट अमेरीका कनेटिकेट ।
विभिन्न पेसामा गरेर अमेरीकामा रहनु भएका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेट (२०१९-२०२०) को नयाँ कार्यकाल को लागि वौद्धीक गतीशील कमठ तथा ईमान्दार व्यक्तीत्व जितेन्द्र बस्नेत विजयी हुनु भएको छ । मार्च २४ मा भए को सँस्थाको निबार्चन बाट अध्यक्ष पद मा जितेन्द्र बस्नेत निबार्चित हुनु भएको हो । निर्वाचन पछी प्रतिकृया दिदै यो निर्वाचनमा सवै नेपालीको जीत भएको वताउनु भएको छ । अध्यक्ष पदका अर्का प्रतिस्पर्धी नारायण पौडेल लाई पराजित गर्दै उहां विजयी हुनु भएको हो । कुल मतदाता संख्या ५६७ रहेको नेपाली समाज कनेटिकेट मा जम्मा ५१४ मत खसेको थियो । जस मध्ये निबार्चित बस्नेत ले ३२९ मत प्राप्त गर्नु भयको थियो भने अर्का प्रतिस्पर्धी नारायण पौडेलले १८० मत प्राप्त गर्नु भएको थियो भने ५ मत बदर भएको निवार्चन समिति ले जानकारी दिएको छ । त्यस्तै गरी संस्था को उपाध्यक्ष माँ जय राई सचिब मा भद्रा राई सहकोषाधक्षय मा कुल देव अधिकारी सह सचिब मा रविन तुम्बाफे युथ कोडिनेटर मा विधान अधिकारी सदस्य हरुमा रिन्कु श्रेष्ठ र सुवास बुढ़ाथोकी निरविरोध चयन हुनुभयको छ । आगामी दिनमा सबै संग हातेमालो गरेर कसैलाई पनी काखा र पाखा नगरीकन अहिले भन्दा गतीशीलताका साथ संस्था लाई नयाँ ढंगबाट अगाडी बनाऊने संस्था का नवनिबार्चित अध्क्षय बस्नेत ले बताऊनु भयको छ । उहां लाई निवार्चनका समयमा सहयोग गर्ने सबै कनेटिकेट बासी नेपालीहरुलाई अभार पनी व्यक्त गर्नु भएको छ ।अधक्षय पदका अर्का ऊमेदबार नारायण पौडेल ले आफु निर्वाचन माँ पराजित भयता पनि संस्था को विकास माँ आफु सधै तत्पर रहेंको बताऊनु भयो।
१३ चैत्र २०७५, बुधबार १९:२६ मा प्रकाशित