पर्यटन महोत्सव चैत २१ देखि

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार ०५:११

बेनी, म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो ।

रेडियोको ११औँ वार्षिकोत्सवको अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिनुभयो ।

स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलको रूपमा एकल नृत्यलगायतका प्रतियोगितासमेत समावेश गरिएको बताइएको छ ।

खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका वस्तुको प्रदर्शनी र प्रवद्र्धनका लागि आयोजकले १० स्टल निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवं महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिनुभयो ।

“महोत्सवलाई हामीले जिल्लाको कला संस्कृतिको संरक्षण र संवद्र्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यावसायिक रूपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचारप्रसार र साना तथा घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्य हो”, रकालले भन्नुभयो । रासस


१३ चैत्र २०७५, बुधबार ०५:११ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....