अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार ०४:५६

वासिङ्टन,सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।

मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गरी अमेरिकी काँग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ ।

मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले दिएको समाचारमा उल्लेख छ ।

विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका छ जना पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाउनुभएको थियो ।

महान्यायाधीवक्ता विलियमले काँग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेश गर्ने जनाउनु भएको छ । मुलरले २२ महिनापछि प्रतिवेदन पेश गर्नुभएको हो । रासस


१० चैत्र २०७५, आईतवार ०४:५६ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....