सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन : मन्त्री शाह

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार ०६:०३

मार्तडी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताउनुभएको छ ।

बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मा मन्त्री शाहले, “पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।” दुर्गम तथा विकट क्षेत्रमा दैनिक पत्रिकाले गाउँसमाजका समस्यालाई उजागर गर्दै देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मन्त्री शाहले गर्नुभयो ।

राष्ट्रियसभाका सदस्य बद्रीप्रसाद पाण्डेले संस्कृति र संस्कारको पहिचान र संरक्षण गर्न सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो । पाण्डेले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले उत्तरी भेकका चार स्थानीय तहमा थुप्रै सम्भावना र समस्या भएकाले सत्यतथ्य समाचार सञ्चारमाध्यममा आउनुपर्नेमा जोड दिनुभयो । विकट क्षेत्र रहेको उत्तरी भेकमा पहिलोपटक पत्रिका सञ्चालनमा ल्याएको पत्रिकाका प्रकाशक देविका शाहले बताउनुभयो । उहाँले उक्त क्षेत्रका सम्भावना र समस्यालाई उजागर गर्न पत्रिका सञ्चालनमा ल्याइएको शाहको भनाइ थियो । रासस


७ चैत्र २०७५, बिहीबार ०६:०३ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....