स्मृति प्रतिष्ठान स्थापना

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार १७:०५

दमक, झापा, गौरादहको सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका स्वर्गीय नरबहादुर बस्नेतको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । आधुनिक गौरादहका परिकल्पनाकार स्व डिठ्ठा बस्नेतको आज १०१ औँ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठान उद्घाटन गरिएको हो ।

सामाजिक क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको सो प्रतिष्ठानको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज उद्घाटन गर्नुभयो । उहाँले गौरादहको विकासका लागि स्व बस्नेतको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यसमा प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विभिन्न सामाजिक काममा सक्रिय पाँच जना अगुवालाई सम्मानसमेत गरिएको थियो ।

यसैबीच, मन्त्री कार्कीले आजै दमक–८ मा स्थापना भएको एभरेष्ट सपिङ सेन्टरको उद्घाटन गर्दै नगरको व्यावसायिक विकासमा यस्ता उद्योग, प्रतिष्ठानले सहयोग पु¥याउने उल्लेख गर्नुभयो । दमकका युवा व्यवसायी रोहित आचार्यले आफ्नो निजी लगानीमा पाँचतले सुविधा सम्पन्न सपिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।

झापामा फुटबलका लागि उर्वर भूमि

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापा फुटबल खेलका लागि उर्बरभूमि भएको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आजदेखि शुरु झापा गोल्डकपको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “झापाले नेपाली फुटबलको विकासमा ठूलो योगदान गरेको छ ।”

समृद्ध मुलुक निर्माणका लागि खेल क्षेत्र पनि महत्वपूर्ण पक्ष भएको उहाँले बताउनुभयो । ‘‘खेल क्षेत्रले आपसी सद्भाव र बन्धुत्वको भावना विकास गर्छ”, उहाँले भन्नुभयो, “आर्थिक र भौतिक विकास मात्र विकास होइन ।”

झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुईका विरुद्ध शून्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकेडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।

झापाको जीतका लागि खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५आँै मिनेटमा कप्तान कर्ण लिम्बुलाई विस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्को गोल आफैँले गरेका थिए ।

खेलको म्यान अफ द म्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले रू १५ हजार प्राप्त गरेका छन् । त्यस्तै, दर्शकमध्येका शिवसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की ड्र बाट २० इञ्चको टिभी पाएका छन् । भोलिको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिले जनाएको छ ।

फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । ९तस्बीर उपलब्ध छ । रासस


१८ फाल्गुन २०७५, शनिबार १७:०५ मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....