कला साहित्य उत्सवमा भूराजनीतिक वहस

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार १६:५०

–चन्द्रकला भण्डारी

भद्रपुर, झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको कला साहित्य उत्सवको अन्तिम सत्रमा ‘भू–राजनीतिक चिन्तन’ विषयमा रोचक बहस भएको छ । बहसमा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवं जवाहरलाल नेहरु९जेएनयु० विश्वविद्यालयका प्रा महेन्द्र पी लामा र ‘प्रयोगशाला’ पुस्तकका लेखक तथा कान्तिपुर दैनिकका पूर्वसम्पादक सुधीर शर्मा वक्ता हुनुहुन्थ्यो ।

युवा पत्रकार वसन्त बस्नेतले सहजीकरण गर्नुभएको सो बहसमा ‘नेपालमा चीन पसेको हो रु’ भन्ने विषयले प्रवेश पाएको थियो । नेपालमा चीन पस्यो पस्यो भन्छन् नि, तपाइँलाई कस्तो लागेको छ रु प्रस्तोता वसन्त बस्नेतले भारतीय प्रा लामालाई प्रश्न सोध्नुभएको थियो ।

सोझोभन्दा घुमाउरो कूटनीतिक जवाफ फर्काउन सिपालु लामाले ‘चीन नेपालमा पस्नु कुनै नौलो विषय होइन’ भन्नुभयो । “केरुङ, तातोपानी र काठमाडौँबाट चीन पसिरहेको उल्लेख गर्दै उत्तरबाट रेल ल्याउन चाहिँ सोचेभन्दा कठिन भएको दाबी गर्नुभयो । आठ हजार फिटभन्दा माथि उक्लिँदा नै स्याँस्याँ र फ्याँफ्याँ हुन्छ हिमाल नाघेर रेल कसरी ल्याउने होला रु”, लामाले प्रश्न तेस्र्याउनुभयो ।

बहसमा सहभागी पत्रकार सुधीर शर्माले नेपालमा चीनको सहयोग फाइदाजनक हुने तर्क पेश गर्नुभएको थियो । उहाँले नेपालले नेपालको पूर्वाधार विकासका लागि आर्थिकरुपमा सम्पन्न चीनबाट फाइदा लिनुपर्ने र त्यसको सम्भावना भएको बताउनुभयो ।

भारतले दुई वर्षअघि लगाएको आर्थिक नाकाबन्दीको चर्चा गर्दै शर्माले चीन पसेर भारतलाई किनारा लगाउला भन्ने डरले नै भारतीय संस्थापनले पछिल्लो समय नेपालसँग सम्बन्ध सुमधुर बनाउन कसरत गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

“नाकाबन्दी लगाउनु गल्ती थियो भनेर भारतले अहिले महसुस गरिसकेको छ”, शर्माको तर्क छ, “यसको एउटै कारण छ, नेपालमा चीन पस्ने भारतको डर ।” नेपालमा नाकाबन्दी लगाउँदा भारत विरोधी जनमत बढेको र त्यसकै बलमा कम्युनिष्ट सत्तामा पुगेकोसमेत भारतले महसुस गरेको उहाँको धारणा थियो ।

नेपालमा मात्र नभएर विश्वभरि नै चीन पसिरहेको र उसलाई रोक्न प्रयास पनि भइरहेको भारतका नेपालविज्ञ लामाले कार्यक्रममा बताउनुभयो । प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यसपटकको उत्सव चौथो संस्करण हो । आजदेखि फागुन २० गतेसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कविता वाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बीर प्रदर्शनी गरिएको आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले बताउनुभयो ।

पहिलो दिनकै सत्रमा ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमाथि पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाबीच बहस भएको थियो । सो बहसको सहजकर्ता दीपक सापकोटा रहनुभएको थियो । त्यसपछिको सत्रमा ‘अभिव्यक्ति र बहीष्करण’ शीर्षकमा अनुभव अजित, नयनराज पाण्डे र सुप्रिया मानन्धरले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सहजकर्ता बन्दना ढकाल हुनुहुन्थ्यो । कार्यक्रममा देही आर्टको आयोजनामा विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी गरिनुका साथै दर्शकले मन पराएको चित्रमा मत दिने व्यवस्थासमेत मिलाइएको थियो ।

दर्शकले दिएको मतका आधारमा उत्कृष्ट चित्रलाई पुरस्कृत गरिने देही आर्टका छितेन शेर्पाले जानकारी दिनुभयो । साँझ परिवर्तन थिएटरले ‘बिटुलो आख्यान’ नामक नाटक मञ्चन गरेको थियो । मेची सामुदायिक भवनमा नाटक हेर्न आउने दर्शक खचाखच भरिएको परिवर्तन थिएटरकी कविता नेपालले बताउनुभयो । सो नाटक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले लेख्नुभएको हो । रासस


१८ फाल्गुन २०७५, शनिबार १६:५० मा प्रकाशित

मुख्य समाचर

सबै

विद्यार्थीद्वारा गरिएको बिपिनको बन्द सहमति पछि खुल्यो

दीपेन्द्र बस्नेत महेन्द्रनगर , साउन १ लोक सेवा आयोगको फारम भरि दिने भन्दै ठगी गर्दै आएको आरोपमा कञ्चनपुरको महेन्द्रनगर स्थित  विपिन बुक्स एण्ड स्टेशनरीलाई  विद्यार्थी सङ्गठनहरुले गरेको बन्द सहमती पछि.....

वैदिक सनातन धर्म तथा संस्कार अक्षय तृतीया

पं रामबाबु लुईटेल आज बैशाख शुक्ल तृतीया आजको दिनलाई अक्षय तृतीया वा पर्शुराम जयन्तीको रुपमा मनाउंदै आईएको छ ।.....

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

लस एन्जलस,अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको.....

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने

काठमाडौँ, सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको.....